असार २५, २०८२ बुधबार July 9, 2025

माओवादी केन्द्र फक्ताङ्लुङकाे तेस्रो अधिवेशन सुरु

अधिवेशनमार्फत माओवादी केन्द्र फक्ताङ्लुङ गाउँपालिका कमिटीको नयाँ नेतृत्व चयन हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ताप्लेजुङ, चैत ९ गते । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित नेकपा (माओवादी केन्द्र) को तेस्रो पालिका अधिवेशन सुरु भएको छ । गाउँपालिका कमिटीको नयाँ नेतृत्व चयन गर्नेगरी माओवादी केन्द्रको पालिका अधिवेशन शनिबार सुरु भएको हो ।

फक्ताङ्लुङ गाउँपालिका –३ लिङ्खिमको सिवा बजारमा सुरु भएको पालिका अधिवेशनको उद्घाटन माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्व गृह, अर्थ तथा ऊर्जामन्त्री जनार्दन शर्मा (प्रभाकर) ले गर्नुभयो । जिल्लाको एक भौगोलिक विकटता रहेको गाउँपालिकास्थित माओवादी पार्टीको पालिका अधिवेशन उद्घाटन गर्न पार्टीका प्रभावशाली नेता एवम् उपमहासचिव शर्मा पुग्नुभएको छ ।

अधिवेशनमार्फत माओवादी केन्द्र फक्ताङ्लुङ गाउँपालिका कमिटीको नयाँ नेतृत्व चयन हुने माओवादीका जिल्ला संयोजक विष्णुकुमार लिम्बूले जानकारी दिनुभयो । पालिका कमिटीका वर्तमान अध्यक्ष एवम् फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) ले अधिवेशनमार्फत पार्टीको नयाँ कमिटी सर्वसम्मत चयन गर्नेगरी पहल भइरहेको जानकारी दिनुभयो ।

अधिवेशन उद्घाटनमा माओवादी केन्द्र कोशी प्रदेश कमिटी अध्यक्ष हर्क नेम्बाङ (मिक्सो), केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज खेलप्रसाद बुढाक्षेत्री (पराग), वैकल्पिक केन्द्रीय सदस्य तथा मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेम, वैकल्पिक केन्द्रीय सदस्य मिङ्माडण्डु शेर्पालगायतको उपस्थिति छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार