कार्तिक १४, २०८२ शुक्रबार October 31, 2025

माओवादीप्रति जनतामा भरोसा बढेको छ : अध्यक्ष प्रचण्ड

एक डेढ वर्ष भित्र नेपाल माओवादीमय हुने दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जगतपुर, चैत ९ गते। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी प्रति जनताको भरोसा बढेको बताउनु भएको छ। उहाँले एक डेढ वर्ष भित्र नेपाल माओवादीमय हुने बताउनुभएको छ।

जनतासँग माओवादी, तराई-मधेश हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण सभा अन्तरगत भरतपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो।

उक्त कार्यक्रममा प्रचण्डले अबको रूपान्तरण किताब र दस्तावेजमा मात्र होइन जीवनमै रुपान्तरण भएको पाउनु हुनेछ बताउनुभयो। उहाँले कार्यकर्तासँग आत्मआलोचना समेत गर्नुभयो। अभियानको क्रममा जनताको साथ र माया अभूतपूर्व रहेको र यसले सुखद अनुभूति प्राप्त भएको उहाँको भनाइ छ।

कार्यक्रममा पार्टीका उपाध्यक्ष अग्निप्रसाद सापकोटा, उपाध्यक्ष पम्फा भुसाल, पार्टी सचिव एवं बागमती प्रदेश इन्चार्ज हितमान शाक्यले जनतासँग सम्बन्ध सुदृढ गर्ने अभियान अन्तरगत तराई मधेश केन्द्रित अभियान भएको बताउनुभयो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेस केन्द्रीय समिति बैठक स्थगित
२०८२ कार्तिक १४, शुक्रबार
भारत–अमेरिका बीच १० वर्षे रक्षा साझेदारी सम्झौतामा हस्ताक्षर
२०८२ कार्तिक १४, शुक्रबार
एमालेका सचिवालय सदस्य भट्टले परित्याग गरे पार्टी
२०८२ कार्तिक १४, शुक्रबार
‘जेनजी’ प्रदर्शनका क्रममा भएको क्षति मूल्याङ्कन गर्न ४४ जिल्लामा ३८ टोली परिचालन
२०८२ कार्तिक १४, शुक्रबार
दीपक आचार्यद्धारा निर्देशित चलचित्र ‘परान’ आजदेखि प्रदर्शनमा
२०८२ कार्तिक १४, शुक्रबार
निन्दा खोलामा ‘मल्टिस्पान’ पुल निर्माण
२०८२ कार्तिक १४, शुक्रबार
निःशुल्क स्वास्थ्य शिविरबाट ८२६ महिला लाभान्वित
२०८२ कार्तिक १४, शुक्रबार