श्रावण ११, २०८३ सोमबार July 27, 2026

दीपक आचार्यद्धारा निर्देशित चलचित्र ‘परान’ आजदेखि प्रदर्शनमा

“चलचित्रमा बा र छोराबीचको सम्बन्धमार्फत देखाइएको कथा आफ्नै घर, गाउँ वा समाजमा देखेजस्तो लाग्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, १४ कात्तिकः नेपाली चलचित्र ‘परान’ आजदेखि प्रदर्शन हुने भएको छ । अभिनेता नीर शाह र मदनकृष्ण श्रेष्ठले मुख्य भूमिका निर्वाह गर्नुभएको उक्त चलचित्रमा परिवारको कथा देखाइएको छ । सुख खोज्ने बहानामा खुसी छोडिरहेकाको कथाले दर्शकलाई भावनात्मक रुपमा जोड्ने निर्देशक दीपकप्रसाद आचार्यले बताउनुभयो ।
उहाँले भन्नुभयो, “चलचित्रमा बा र छोराबीचको सम्बन्धलाई देखाएको छु । अहिले भविष्य बनाउने गाउँबाट सहर वा विदेश जाने चलन बढिरहेको छ । हामी बा–आमालाई सुखी बनाउन उहाँको खुसी खोसिरहेका छौँ, यस्तै कथा जोडेर चलचित्र तयार गरेको छु ।”
निर्देशक आचार्यले चलचित्रको सार्वजनिक प्रदर्शन अगाडि आयोजना गरिएको विशेष प्रदर्शनी (प्रिमियर शो) उपस्थित भएर चलचित्र हेर्नुभएका चलचित्रकर्मीले दिनुभएको प्रतिक्रियाले आफू उत्साहित भएको र दर्शकबाट पनि उस्तै प्रतिक्रिया आउने अपेक्षा रहेको बताउनुभयो ।
“चलचित्रमा बा र छोराबीचको सम्बन्धमार्फत देखाइएको कथा आफ्नै घर, गाउँ वा समाजमा देखेजस्तो लाग्छ । दर्शकले नै यो चलचित्र हेर्न अन्यलाई सिफारिस गर्नुहुन्छ भन्नेमा आशावादी छु”, निर्देशक आचार्यले भन्नुभयो ।
अभिनेता नीर शाहले पनि चलचित्रमा अभिनय गर्नुको कारण अहिलेको सामाजिक यथार्थको चित्रण रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मैले यो चलचित्रमा निर्वाह गरेको भूमिका कमै प्रस्ताव आएका छन् । यो पात्रसँग कहीँकतै मेरो मनोविज्ञान जोडिएको छ, सोही कारण यसको कथा सुन्नेबित्तिकै मैले अभिनय गर्न सहमति दिएको थिएँ । यसले अहिलेको नेपाली समाजको चित्रण गरेको छ ।”
चलचित्रमा अभिनेता शाहसँगै अभिनेत्री केकी अधिकारी, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, प्रविन खतिवडा, यमन श्रेष्ठ, बुद्धि तामाङ, बबिन राईलगायत कलाकारले अभिनय गर्नुभएको छ । अभिनेत्री अधिकारीले उक्त चलचित्रमा बुहारीको भूमिका निर्वाह गर्नुभएको छ ।
“एउटा परिवारमा सबैले राम्रो गर्न खोज्दाखोज्दै पनि आउने घटनाक्रम चलचित्रको विषय हो । यो चलचित्रमा देखाए जस्तो परिवार सबैको चाहना हुन्छ, मैले यसमा माइली बुहारीको भूमिका निर्वाह गरेकी छु”, उहाँले भन्नुभयो ।
शेखर गोल्छा र रञ्जित आचार्यले संयुक्त रूपमा निर्माण गर्नुभएको उक्त चलचित्रमा शिवराम श्रेष्ठले छायाङ्कन, मित्र डी गुरुङले सम्पादन र गगन थापामगरले सङ्गीत सिर्जना गर्नुभएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति पौडेल र कांग्रेस संसदीय दलका नेता आङ्देम्बेबीच भेटवार्ता
२०८३ श्रावण ११, सोमबार
सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्ने निर्णय
२०८३ श्रावण ११, सोमबार
‘गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
२०८३ श्रावण ११, सोमबार
एमालेका नेता बास्कोटाले मागे गृहमन्त्री सुधन गुरुङको राजीनामा
२०८३ श्रावण ११, सोमबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई १८ महिनाको जेल सजाय
२०८३ श्रावण ११, सोमबार
कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
२०८३ श्रावण ११, सोमबार
जब अभिनेत्रीलाई आफ्नै श्रीमानले निर्देशकहरूसँग सुत्न दबाब दिए…
२०८३ श्रावण ११, सोमबार