श्रावण २, २०८२ शुक्रबार July 18, 2025

श्रावण महिनाको अन्तिम सोमबार – भगवान शिवको पूजा आराधना गरि मनाइँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः श्रावण महिनाको अन्तिम सोमबार आज भगवान शिवको पूजा आराधना गरि मनाइँदैछ । नेपाली हिन्दू नारीहरुले आज भगवान शिवको पूजा आराधना गरी सोमबारे व्रत समापन गर्छन् ।

यस वर्ष विश्व महामारी कोरोना भाईरसका कारण विगतका वर्षजस्तो शिवालयलमा भिडभाड छैन । अधिकांश मन्दिरहरु बन्द हुँदा श्रद्धालु भक्तजनहरुले घर-घरमै पूजा गरी मनाउँदैछन् ।

आजका दिन विगतका वर्षमा  शिवालयहरुमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्थ्यो । साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक पूजाआजा गरी व्रत समाप्त गर्दछन् ।

काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको सिरेश्वर र कलानेश्वर लगायतका शिवालयहरुमा भक्तजनको घुइँचो लाग्ने गरेको भएपनि यसवर्ष कोरोनाका कारण मन्दिहरुमा भक्तजनहरुको उल्लेख्य सहभागिता छैन ।

साउन महिनालाई वर्षकै पवित्र महिनाको रुपमा लिइन्छ । साउन महिनाको सोमबार शिव पूजनका लागि झनै पवित्र मानिन्छ । विवाहित महिलाहरु पतिको दीर्घायू र अटल शौभाग्य तथा अविवाहित नारीहरु सुयोग्य बर मिलोस् भन्ने कामनाका साथ साउने सोमबारमा शिवको आराधना गर्दछन् । साउन महिनाभर महिलाहरु रातो, पहेंलो र हरियो कपडा तथा चुरापोतेमा सजिने गर्दछन् भने मेहन्दी पनि लगाउने गर्दछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया