असार २५, २०८२ बुधबार July 9, 2025

‘कुलमानसँग प्रचण्डले टिआरसी साटे’ : ज्ञानेन्द्र शाही

माओवादीलाई सरकारले पक्राउ नगर्ने, मुद्दा नचलाउने टिआरसी विधेक हुँबहु पास गराउने  सहमती पो भएछ...

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, ११ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माथी गम्भिर आरोप लगाएका छन् ।

भर्खरै सम्पन्न मन्त्रीपरिषद बैठकलेनेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएर उनको स्थानमा हितेन्द्र शाक्य नियुक्त गरे पछि उनले सो आरोप लगाएका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत ब्यंग्य गर्दै भनेका छन, 

‘कमरेड प्रचण्ड सार्है नै बाठो छ्न
टिआरसीसगँ कुलमान पो साटेछन’

उनी अगाडी लेख्छन्, ‘आज सिंहदरबारमा बसेको तीन शीर्ष नेताले  गोप्य बैठकमा के गरे भनेको त कुलमान घिसिङ्लाई हटाउने र गैरन्यायिक रूपमा हत्या गरिएका र मानव अधिकारको गम्भीर उल्लङ्घन गरिएका घटनामा माओवादीलाई सरकारले पक्राउ नगर्ने, मुद्दा नचलाउने टिआरसी विधेक हुँबहु पास गराउने  सहमती पो भएछ। बधाई छ, कमरेड प्रचण्ड’

मन्त्रीपरिषद बैठक अघि प्रचण्डसहित प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत शिर्ष ७ जनाको बैठक बसेको थियो । जसले संक्रमणकालिन न्याय सबन्धी बिबाद टुंग्याउनका लागि ‘सर्च कमिटी’ बनाउने सहमति गर्दै नयाँ सिफारिस समिति तत्काल बनाएर प्रकिया अघि बढाउने निर्णय गरेको थियो ।

सो बैठक लगत्तै बसेको मन्त्रिपरिषद बैठकले कुलमान घिसिङलाइ पदमुक्त गर्ने निर्णय लिएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार