काठमाडौं । पाटन संयुक्त क्याम्पसमा अवरुद्ध भएको स्ववियू निर्वाचन चैत १६ गते हुने भएको छ ।
स्ववियू निर्वाचन समितिले सूचना जारी गर्दै निर्वाचनको मितिबारे जानकारी दिएको हो । तोकिएको दिन बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म निर्वाचन हुने निर्वाचन अधिकृत छविराम बरालले जानकारी दिएका छन् ।
यसअघि चैत ५ मा हुने भनिएको चुनाव विद्यार्थी संगठनहरुको विवादले रोकिएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया