श्रावण १, २०८२ बिहिबार July 17, 2025

‘अन्तर्राष्ट्रिय युवा दिवस-२०२०’ मनाउन तरुण दलको यस्तो निर्देशन (सर्कुलर सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले ‘अन्तर्राष्ट्रिय युवा दिवस-२०२०’ विभिन्न रचनात्मक कार्यक्रम गरेर मनाउन देशैभरका तरुण जिल्ला समितिलाई निर्देशन दिएका छन् ।

अध्यक्ष बस्नेतले आइतबार ७७ वटै जिल्लाका तरुण अध्यक्षहरूलाई परिपत्र जारी गर्दै साउन २८ गते युवा दिवस मनाउन निर्देशन दिएका हुन् । उनले रचनात्मक र सिर्जनात्मक कार्यक्रम गर्न सुझाव दिएका छन् ।

‘रचनात्मक एवम् सिर्जनात्मक कार्यक्रमहरू जस्तै सरसफाइ, फलफूल वितरण जस्ता कार्यक्रम गर्नु होला’, उनले भनेका छन्, ‘कोरोना भाइरसको संक्रमणको प्रभावलाई ख्याल गरी सामाजिक दुरी कायम गरेर मात्रै कार्यक्रमहरू गर्न र गराउनु होला ।’ भन्दै सर्कुलर गरेका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया