असार २५, २०८२ बुधबार July 9, 2025

नेकपा एसका नेता दीपक गौतम बैंकिङ कसुरमा पक्राउ

काभ्रेमा पनि तीन वटा चेक बाउन्स गरी उनीविरुद्ध मुद्दा दायर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौँ । प्रहरीले काभ्रेका जिल्ला समन्वय समिति प्रमुख दीपक गौतमलाई पक्राउ गरेको छ । उनलाई बैंकिङ कसुरको मुद्दामा प्रहरीले नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।

नेकपा (एकीकृत समाजवादी)का नेता समेत रहेका गौतम गत स्थानीय तह निर्वाचनमा तत्कालीन पाँच दलीय गठबन्धनबाट काभ्रेको जिसस प्रमुख बनेका थिए ।

विभिन्न व्यक्तिसँग आर्थिक लेनदेनका क्रममा उनले जारी गरेका चेक नसाटिएपछि उनीविरुद्ध बैंकिङ कसुरको मुद्दा दर्ता भएको थियो ।

उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरले नियन्त्रणमा लिई जिल्ला प्रहरी परिसर, भद्रकाली चलान गरिएको प्रहरीले जनाएको छ ।

काभ्रेमा पनि तीन वटा चेक बाउन्स गरी उनीविरुद्ध मुद्दा दायर भएको बताइएको छ । उनले गरेको खराब आर्थिक कारोबारका कारण बैंकिङ अभिलेखमा उनी कालोसूचीमा परेका छन् ।

बैंकमा खाता खोल्न नमिलेपछि गौतमले आइसीएफसी फाइनान्स, बनेपाको खाताबाट रकम कारोबार गर्दै आएको खुलेको छ ।

सोही खातामा जिल्ला समन्वय प्रमुखको हैसियतले पाउनुपर्ने तलब र सुविधा जम्मा हुने गरेको थियो । अहिले उक्त खाता पनि कालोसूचीमा परी खाता रोक्का भइसकेको प्रहरीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार