असार २६, २०८२ बिहिबार July 10, 2025

माओवादी निकट प्रेस सेन्टरले दिने बिभिन्न पुरस्कार घोषणा

यस वर्षको कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार कोमल बराललाई प्रदान गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, १४ चैत । प्रेस सेन्टर नेपालले पाँचौँ महाधिवेशनको पुर्व सन्ध्यामा पुरस्कार प्राप्त गर्नेको नाम सार्बजनिक गरेको छ ।

आगामी चैत १६ र १७ गते काठमाडौंमा आयोजना हुने महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको बेला सो सेन्टरले प्रदान गर्ने बिभिन्न पुरस्कारको घोषणा गरेको हो ।

महासचिव सन्तोष पौडेलका अनुसार नेपालको पत्रकारिता क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याउने सञ्चारकर्मीहरूलाई पुरस्कृत गर्ने निर्णय भएको पुरस्कार छनोट समितिले जानकारी दिएको छ । जसअन्तर्गत यस वर्षको कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार कोमल बराललाई प्रदान गरिने निर्णय गरिएको छ ।

त्यस्तै शक्ति तारा स्मृति पत्रकारिता पुरस्कार धर्मेन्द्र कर्णलाई,  बेपत्ता योद्धा स्मृति पत्रकारिता पुरस्कार (राजेन्द्र ढकाल बेपत्ता योद्धा सन्तति) मञ्जिमा ढकाललाई प्रदान गरिने भएको छ ।

प्रदेशतर्फ मधेश प्रदेश समिति र उत्कृष्ट जिल्ला समितितर्फ रोल्पालाई, क्रियाशीलतर्फ प्रेस सेन्टरले कोशी प्रदेशबाट ईश्वर थापा, मधेश प्रदेशबाट विकास आर्य ठाकुर, बागमती प्रदेशबाट सिर्जना गोले, गण्डकी प्रदेशबाट सानेबहादुर नेपाली र लुम्बिनी प्रदेशबाट गजेन्द्र गुरुङ, कर्णाली प्रदेशबाट दीपबहादुर घर्ती, सुदूरपश्चिम प्रदेशबाट हरि जोशी, उपत्यका प्रदेशबाट विनोद दाहाल, एसोएसिएट प्रदेशबाट डब्बु क्षेत्री, प्रतिष्ठान प्रदेशबाट रघुनाथ बजगाईं र प्रवास प्रदेशबाट केजीन राई पुरस्कृत हुने भएका छन ।

महासचिव पौडेलका अनुसार १६ गते नयाँ बानेश्वरको थापागाउँस्थित काठमाडौं ब्याङ्क्वेटमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्दैछन् । जुन महाधिवेशनले संगठनको नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार