बैसाख १६, २०८३ बुधबार April 29, 2026

तीस हजार घुस सहित दुर्गौलिया चौकी इन्चार्ज पक्राउ

भन्सार छली अवैधरुपमा ल्याउन सहजीकरण गरीदिने भनी सेवाग्राहीसँग घुस-रिसवत माग गरिरहेको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भैरहवा, १५ चैत । रुपन्देहीको मर्चवार क्षेत्रबाट घुस सहित सई पक्राउ परेका छन ।

प्रहरी चौकी हाटीबनगाई (दुर्गौलिया) का प्रमुख प्रहरी नायब निरीक्षक (सई)खिम बहादुर खड्कालाई  ३० हजार नगद सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो ।

दुर्गौलिया नाका हुँदै भन्सार छली अवैधरुपमा घरायसी प्रयोजनका सामान ल्याउन सहजीकरण गरीदिने भनी सेवाग्राहीसँग घुस-रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले उनलाई घुस लिइसकेको अवस्थामा पक्राउ गरिएको हो ।

मायादेवी गाउँपालिका वडा नं.६ मकरीमाबाट नियन्त्रण लिई उनीमाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।

जिल्लामा पछिल्लो समय तस्करी बढेसँगै तस्कर र सुरक्षा निकायको समन्धलाई यो घटना झस्काएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया