असार २५, २०८२ बुधबार July 9, 2025

हिन्दु धर्म मान्ने हाम्रो परम्परा हो : सभापती देउवा

नेपाल हिन्दु धर्म हिन्दु संस्कृती मान्ने राष्ट्र भएको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

डडेल्धुरा, चैत १७ गते । नेपाली कांग्रेसका सभापती एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल हिन्दु धर्म हिन्दु संस्कृती मान्ने राष्ट्र भएको बताउनुभएको छ । डडेल्धुरा–डोटी जिल्लाको संगमस्थल सेती र साकल्य नदी मिसिएर हुने त्रिवेणी गहनान धाममा आइतबार श्रीमद भागवत महायज्ञको उद्घाटन गर्दै उहाँले हिन्दु परम्परालाई मान्ने नेपालीको परम्परा रहेको बताउनुभयो ।

“हिन्दु धर्म मान्ने हाम्रो परम्परा हो”, उहाँले भन्नुभयो, “गाई लाई पूजा गर्ने देश हो । गौ हत्या गर्न पाइँदैन । कडा कानुन छ । यसलाई अझै कडाईका साथ लागु गर्ने छौं ।”

माघे सङ्क्रान्तिका दिन स्नान गर्नेको घुुइँचो लाग्ने गहनान धाम मशान पनि हो । यस क्षेत्रको ठुलो मसान भएको उल्लेख गर्दे सभापती देउवाले यो अत्यन्तै महत्त्वपूर्ण ठाउँ भएको बताउनुभयो । “हाम्रो बाजे पूर्खाहरूको चिहान हो”, उहाँले भन्नुभयो, “उहाँहरूलाई यही जलाएको हो । यहा दिवंगत आत्मको अन्तिम संस्कार गर्नुका साथै हिमालबाट बगेको सेती नदीमा स्नान गरी पुण्य लाभ हुन्छ भन्ने मान्यता रहिआएको छ ।”

सेती नदी र सकायल नदी गाडको सङ्गमस्थल विभिन्न ऋषि मूनीहरूले तपश्या गरेको पवित्र स्थान भएको बताउँदै उहाँले यहाँ हुने मेला र पूजाहरूमा धेरै पटक आफू पुगेको स्मण गर्नुभयो । गहानान क्षेत्रकै माथि डाँडोमा रहेको उच्चकोट विद्यालयमै आफूले अध्ययन गरेको सम्झदै उहाँले महाभारत पर्वतमा रहेको घण्टेश्वर मन्दिर यता पूर्व उत्तरका स्थानीयहरूको पवित्र स्थलमा रूपमा गहनान रहेको बताउनुभयो ।

यहाँ विभिन्न देवताका मन्दिरहरू छन् । उहाँले भन्नुभयो, “घण्टेश्वर उताका स्थानीय महाकाली नदीको किनार परशुराम जाने गर्दथे । त्यसलाई फर्सनान भनिन्थ्यो ।” घण्टेश्वर यताका मान्छेहरू अन्तिम संस्कार, अस्तु सेलाउन र स्नान गर्न यस ठाउँमा आउने चलन पुर्खौंदेखि रहिआएको उहाँले बताउनुभयो ।

धार्मिक पर्यटन प्रवर्धन र गहनान क्षेत्रको विकास गर्ने उद्देश्यसहित महायज्ञको आयोजना गरिएको छ । डडेल्धुरा जिल्लाको नवदुर्गा गाउँपालिका ४, गन्यापधुरा गाउँपालिका ५ र डोटी जिल्लाको शिखर नगरपालिका १० को सङ्गमस्थल बानेडुग्रीसैनमा अवस्थित ‘गहनान धाम’मा महायज्ञको आयोजना गरिएको गन्यापधुरा गाउँपालिका अध्यक्ष इन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । तीन वटै पालिकाको समन्वय र सहकार्यमा महायज्ञको आयोजना गरेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार गहनान क्षेत्र विकास समितिले चैत १७ गतेदेखि २५ गतेसम्म ‘श्रीमद् देवीभागवत महापुराण ज्ञान धन, धन्याञ्चल लक्ष हवन महायज्ञ २०८१’ आयोजना गरेको हो ।

शिखर नगरपालिकाका नगर प्रमुख दीर्घ बहादुर बलायरले गहनानसँगै यस क्षेत्रमा भौतिक पूर्वाधार विकासका कामअघि बढाउन कांग्रेस सभापती देउवालाई ज्ञापन पत्रसमेत बुझाउनुभएको छ । गहनान् क्षेत्रमा आवश्यक पूर्वाधार, संस्कृत विद्यालय स्थापना, सेती र सकायल नदीको कटान रोक्न तटबन्ध निर्माण, सेती नदीमा पुल, महाभारत पर्वत क्षेत्र भएर गन्यापधुराको रेल–शिखर–केआइसिंह गाउँपालिका जोड्ने सडक निर्माणका लागि मागपत्रसहित ज्ञानपत्र बुझाइएको उहाँले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार