असार २५, २०८२ बुधबार July 9, 2025

अख्तियार प्रमुख नविन घिमिरेलाई कोरोना संक्रमण पुष्टी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरेलाई कोरोना संक्रमण भएको छ । घिमिरेलाई मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो । घिमिरे हाल घरमै आइसोलेसनमा रहेका छन् ।

हालसम्म अख्तियारका ४१ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भईसकेको छ । कोरोना परीक्षणका अख्तियारका अन्य ३५० जना कर्मचारीको स्वाबसमेत संकलन गरिएको छ । उनीहरुको रिपोर्ट आउन बाँकी छ ।

कोरोना संक्रमण पुष्टि भएका कुनै पनि कर्मचारी अस्पताल भर्ना भएका छैनन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया