असार २५, २०८२ बुधबार July 9, 2025

सरकारले जनताको विश्वास जित्नुपर्छ : महामन्त्री थापा

कांग्रेस र एमालेको गठबन्धनबाट वनेको सरकार बलियोमात्रै भएर नपुग्ने जनताको विश्वास आर्जन गर्नेगरी काम गर्न आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बुटवल, चैत २० गते। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सरकारले अब जनताको विश्वास जित्नुपर्ने बताउनुभएको छ। महामन्त्री थापाले जनताको भरोसा आर्जन गर्ने विषयमा सरकारले अझै कामको गति अघि बढाउनुपर्ने उल्लेख गर्नुभयो।

नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. ५ को क्षेत्रीय सम्मेलनको बुधबार रुपन्देहीको कञ्चन गाउँपालिका ३ रुद्रपुरमा उद्घाटन गर्दै महामन्त्री थापाले कांग्रेस र एमालेको गठबन्धनबाट वनेको सरकार बलियोमात्रै भएर नपुग्ने जनताको विश्वास आर्जन गर्नेगरी काम गर्न आग्रह गर्नुभयो।

महामन्त्री थापाले भन्नुभयो, ‘सरकारको कामको गति मिलेको छैन, अब जनताले सरकारबाट हुने सेवामा सन्तुष्ट हुनेगरी कामलाई अघि बढाउनुपर्दछ।’

उहाँले पछिल्लोसमय जनतामा आक्रोश बढिरहेको र पूर्व राजावादी समूहले जनतामा रहेको असन्तुष्टीलाई दुरुपयोग गर्नेगरी आगोमा घिउ थप्ने काम गरिरहेको बताउनुभयो।

देशको स्थायित्वका लागि संविधान संशोधनको आवश्यकता औंल्याउँदै महामन्त्री थापाले अब संघ र प्रदेशमा मन्त्रीको संख्या घटाउनु पर्ने र प्रदेशको मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित गराउने व्यवस्था गर्नुपर्ने धारणा राख्नुभयो।

नेपाली कांग्रेस संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिवद्ध रहेको उल्लेख गर्दै उहाँले जनतामा रहेको असन्तुष्टी सम्बोधन गर्नेगरी र देशको आवश्यकतालाई हेरेर संविधानमा पनि संशोधन गर्नुपर्ने उल्लेख गर्नुभयो।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य भरतकुमार शाहले देशमा विकास भएको तर जनताले सोचेजस्तो नभएको बताउनुभयो।

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य गंगा शाहीले जनता जोडिने विकास अबको आवश्यकता भएको उल्लेख गर्दै युवामा ठूलो वितृष्णा रहेकोले अब युवाको भावनालाई सम्बोधन गर्ने गरी काम गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर ५ का क्षेत्रीय सभापति वसिउल्लाह मुसलमानको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल रज्जाक, नेपाली कांग्रेस लुम्बिनी प्रदेश अध्यक्ष अमरसिंह पुन, नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँण लगायतले बोल्दै नेपाली कांग्रेसको संगठन सुदृढीकरण गरेर ०८४ को निर्वाचनबाट ठूलो पार्टी बनाउने संकल्प गर्नुपर्ने बताउनु भएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार
आईपीएलको ब्रान्ड मूल्य १८.५ अर्ब डलर पुग्यो, आरसीबी शीर्षमा
२०८२ असार २५, बुधबार
खेलाडीहरूले खेलेरै बाँच्न सक्ने स्थिति बनेको छ : प्रधानमन्त्री
२०८२ असार २५, बुधबार
कांग्रेस लुम्बिनीका महामन्त्री खनाल पार्टीबाट निष्काशित
२०८२ असार २५, बुधबार
सप्तकोशी नदी तटीय क्षेत्रमा उच्च सर्तकता अपनाउन स्थानीय प्रशासनको आग्रह
२०८२ असार २५, बुधबार