असार २५, २०८२ बुधबार July 9, 2025

जनताको भावना बुझ्न जागरण अभियान गरेका छौँ : अध्यक्ष दाहाल

सत्य निरुपण र बेपत्ता छानबिन आयोगको सिफारिस समितिले छिट्टै काम थाल्ने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बर्दिया। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं सङ्घीय संसद्को प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको आवाज सुन्न र भावना बुझ्न जागरण अभियान सञ्चालन गरिएको बताउनुभएको छ ।

जनतासँग माओवादी तराई–मधेस जागरण अभियानअन्तर्गत माओवादी केन्द्र बढैयातालले आज आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले जनताको साथ लिएर समृद्ध नेपाल निर्माण गर्ने दृढता व्यक्त गर्नुभयो । अघिल्ला कार्यकालमा भएका केही कमजोरी स्वीकार गर्दै उहाँले भविष्यमा त्यस्ता गल्ती नदोहोरिने प्रतिबद्धता जनाउनुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, “सत्तामा जान हतार छैन, तर जनताको सवालमा आलोचना गर्न, दबाब दिन र जनतासँग जोडिन प्रतिपक्षको भूमिकामा रहने छौँ ।” उहाँले जनयुद्ध तथा जनआन्दोलनका क्रममा बर्दिया जिल्लाबाट धेरै सहिद तथा बेपत्ता भएकाले उनीहरूको सम्मान राज्यले गर्नुपर्ने बताउनुभयो । पहिलो कार्यकालमै सहिदलाई राष्ट्रिय मान्यता दिएको उल्लेख गर्दै अध्यक्ष दाहालले बेपत्ता तथा सहिद परिवारलाई प्रमाणपत्र दिने व्यवस्था गरिएको जानकारी दिनुभयो ।

सत्य निरुपण र बेपत्ता छानबिन आयोगको सिफारिस समितिले छिट्टै काम थाल्ने जानकारी दिँदै उहाँले भन्नुभयो, “ऐतिहासिक बलिदानस्थलहरूमा पार्क बनाइने छ, पीडितपरिवारलाई राहत र एक सदस्यलाई रोजगारीको ग्यारेन्टी हुनेछ ।” कार्यक्रममा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा,अग्निप्रसाद सापकोटा, महासचिव देव गुरुङलगायत नेताहरूको उपस्थिति थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार