असार २५, २०८२ बुधबार July 9, 2025

संविधानमाथि चुनौती दिन केही शक्ति सक्रिय भएको छ : महासचिव पोखरेल

पूर्वराजाका गतिविधिले संविधान कार्यान्वयनमा केही चुनौती थपेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले संविधान र व्यवस्थामाथि चुनौती दिने गरी केही शक्ति सक्रिय भएको बताएका छन् ।

पेसागत महासंघ नेपाल राष्ट्रिय समितिको तेस्रो राष्ट्रिय परिषद् बैठकलाई आज सम्बोधन गर्दै उनले संविधानबाहिर केही पनि जान नसक्ने बताए । उनले पूर्वराजाका गतिविधिले संविधान कार्यान्वयनमा केही चुनौती थपेको बताए ।

महासचिव पोखरेलले संविधान कार्यान्वयन गर्ने सम्बन्धमा छिटोभन्दा छिटो कानुन बनाउनुपर्छ भन्नेमा वर्तमान सरकार तथा एमाले र नेपाली काँग्रेस प्रतिबद्ध रहेको उनले बताए । उनले पञ्चायतसँग गणतन्त्रलाई तुलना गरेर अस्थिरता मच्चाउने अपराधी भएको बताए ।

“पञ्चायत र राजतन्त्रसँग जोडेर नेपाली समाजमा जुन प्रचार गरिँदै छ, त्यो अपराध हो, हामी परिवर्तनकारी हौँ, हामी लोकतन्त्रवादी हौँ, यसका आधारमा हामीले आफ्ना दृष्टिकोण समाजमा राख्न सक्नु पर्दछ,” उनले भने । महासचिव पोखरेलले नेपालमा सुशासन र सेवा प्रवाहको कारणले जनतालाई प्रश्न उठेको भन्दै सुशासन कायम गर्ने र सेवा प्रवाहलाई छिटोछरिता बनाउन पेसागत महासंघलाई आग्रह गरे ।

“राजनीतिक नेतृत्वले नीतिगत निर्णय गरिदिन्छ, प्रशासनले कार्यान्वयन गर्ने हो, प्रशासनयन्त्र सक्रिय नहुने हो भने जतिसुकै राम्रा योजना बनाएर पनि परिमाण आउँदैन,” महासचिव पोखरेलले भने, “अहिले हाम्रा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली जति बिहानदेखि बेलुकासम्म जति खट्नुहुन्छ, त्यति प्रशासन तन्त्र खटेका छैनन्, देश बनाउने कुरा जागिर नभई भावना, आन्दोलन हो ।”

उनले सुशासन र सेवा प्रवाहलाई प्रभावकारी बनाउनका लागि सरकारले विभिन्न कानुन संशोधन गरेको बताए । यही चैत १५ गते भएको आपराधिक क्रियाकलापमा संलग्न र जिम्मेवार मानिसहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्ने भन्दै उक्त दिनको घटनाको सबै जिम्मा पूर्वराजा ज्ञानेन्द्रले लिनुपर्ने उनको भनाइ राखे ।

“काठमाडौँमा प्रदर्शनको नाममा जुन हर्कत भए ती आपराधिक, संविधान विरोधी र जनविरोधी क्रियाकलापका रूपमा भएका छन्,” महासचिव पोखरेलले भने । उनले सामाजिक सञ्जालबाट भ्रमको खेती मात्र गरिएको भन्दै त्यस भ्रमलाई चिर्नुपर्ने बताए ।

पेसागत महासंघका अध्यक्ष पुण्य ढकालले सरकारले सेवा प्रवाहलाई चुस्त बनाउन खोजेको बताए । उनले कर्मचारीतन्त्र स्थायी सरकार भएकाले सरकारले गरेका कामलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार