असार २५, २०८२ बुधबार July 9, 2025

जनआन्दोलनका उपलब्धिहरु गुम्न दिँदैनौ : अध्यक्ष नेपाल

जनआन्दोलनको उपलब्धि उल्ट्याउन केही प्रतिक्रियावादी तत्त्वहरू लागिपरेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले २०६२–६३ को जनआन्दोलनले दिलाएका उपलब्धिहरू गुम्न नदिने बताउनुभएको छ।

एकीकृत समाजवादी पार्टी लुम्बिनी प्रदेश, बाँके जिल्ला कमिटी र कोहलपुर नगर कमिटीद्वारा शनिबार आयोजित श्रद्धाञ्जली सभामा अध्यक्ष नेपालले जनआन्दोलनको उपलब्धि उल्ट्याउन केही प्रतिक्रियावादी तत्त्वहरू लागिपरेको बताउँदै त्यसविरुद्ध समाजवादी मोर्चाले गरेको प्रदर्शनले उनीहरू अत्तालिएको टिप्पणी गर्नुभयो।

कार्यक्रम पार्टीका पोलिटब्युरो सदस्य तथा बाँकेका अग्रज नेता स्वर्गीय अशोक कोइरालाको १३औँ दिनको पुण्य तिथिको अवसरमा आयोजना गरिएको थियो।

अध्यक्ष नेपालले कोइरालाले विद्यार्थी राजनीतिबाट यात्रा थालेको स्मरण गर्दै बाँके, बर्दिया र लुम्बिनी प्रदेशभरि पार्टी निर्माणमा पुर्‍याएको योगदान अविस्मरणीय रहेको बताउनुभयो।

पार्टीका उपाध्यक्ष प्रकाश ज्वालाले कोइरालासँग विद्यार्थी जीवनदेखि राजनीतिक सहयात्रा गर्दै आएको जनाउँदै उहाँ कोहलपुरको विकासका लागि जीवनभर समर्पित असल योद्धा रहेको बताउनुभयो।

सभामा संविधानसभा सदस्य देवराज भार, नेपाली कांग्रेस बाँके सभापति नारायणप्रसाद गौडेल, नेकपा माओवादीका केन्द्रीय सदस्य आइपी खरेल, रास्वपाका जिल्ला सदस्य राजेन्द्रप्रसाद श्रेष्ठ लगायतले कोइरालाको निस्वार्थ योगदानको चर्चा गर्दै पार्टीभन्दा माथि उठेर समाजसेवामा होमिएको व्यक्तित्व गुमाउनु पीडादायी रहेको धारणा व्यक्त गर्नुभयो ।

सभालाई सम्बोधन गर्दै स्व. कोइरालाकी धर्मपत्नी मञ्जु कोइरालाले उहाँको अधुरो सपना पूरा गर्न आफू निरन्तर लागिरहने बताउँदै दुःखको यस घडीमा साथ र सम्झना गर्ने सबैप्रति हार्दिक आभार प्रकट गर्नुभयो।

सभामा उपमहासचिव मेटमणि चौधरी, केन्द्रीय सचिव सोमप्रसाद पाण्डे, पोलिटब्युरो सदस्यहरू दामोदरप्रसाद अर्याल, अब्दुल हुसेन खाँ, संविधानसभा सदस्य निर्मल सुवेदी लगायतको उपस्थिति रहेको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार