असार २५, २०८२ बुधबार July 9, 2025

रुपान्तरणका लागि कृषि क्रान्ति र भूमि सुधार आवश्यक : झलनाथ खनाल

मुलुकलाई आत्मनिर्भर बनाउने गरी भूमि सुधार गर्न कृषि क्षेत्रमा आधुनिकीकरण गर्नुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले मुलुकको आर्थिक तथा सामाजिक रुपान्तरणका लागि कृषि क्रान्तिका कार्यक्रमसहित भूमि सुधार गर्नुपर्ने बताउनुभएको छ ।

काँडाघरीस्थित किन्डल किड्स एकेडेमीको अभिभावक दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले मुलुकलाई आत्मनिर्भर बनाउने गरी भूमि सुधार गर्न कृषि क्षेत्रमा आधुनिकीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

सरकारले किसानले उत्पादन गरेका वस्तुको बजारीकरणको व्यवस्था गर्नुपर्नेमा जोड दिँदै पूर्वप्रधानमन्त्री खनालले स्थानीयदेखि अन्तर्राष्ट्रिय बजारबिच समन्वय गर्ने काम पनि राज्यले नै गर्नुपर्ने बताउनुभयो । उहाँले देशमा संविधान जारी भएपछि वामपन्थी शक्तिलाई सामाजिक तथा आर्थिक विकासको जनआकाङ्क्षालाई पूरा गर्ने जिम्मेवारी र अवसर प्राप्त भए पनि त्यो पूरा गर्न नसकिएको धारणा राख्नुभयो ।

विगतदेखि नै सरकार यथास्थितिवादको बाटोमा हिँडिरहेकाले पुनरुत्थानवादी जुरमुराएको जिकिर गर्दै सम्मानित नेता खनालले आफ्नो पार्टीले मुलुकमा राष्ट्रिय औद्योगीकरणका लागि आवाज उठाए पनि सरकारले त्यसतर्फ केही नगरेको आरोप लगाउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार