काठमाण्डौः सरकारले एक जिल्लाबाट अर्को जिल्लामा जानका लागि वितरण गर्दै आएको सवारी पास बन्द गर्ने भएको छ । बिहीबारदेखि लागू हुनेगरी सवारी पास वितरण बन्द गर्न गृहमन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ ।
गृह मन्त्रालयले बुधबार एक सर्कुलर जारी गरी सबै जिल्ला प्रशासन कार्यालयहरूलाई लकडाउनको शुरु देखी नै वितरण गर्दै आएको सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको हो ।
गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला प्रमुख जिल्ला अधिकारीहरूलाई परिपत्र जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि साउन २९ गतेबाट लागू हुने गरी सवारी पास वितरण नगर्न भनेको हो ।
पछिल्लो समय मुलुकभर कोरोना भाइरसको संक्रमण फैलिएसँगै त्यसरी जारी गरिँदै आएको सवारी पास वितरणमा रोक लगाइएको हो ।
प्रतिक्रिया