माघ ९, २०८२ शुक्रबार January 23, 2026

‘ग्रे लिस्ट’ बाट बाहिरिने तयारी सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सम्पत्ति शुद्धीकरण निवारणमा कमजोर प्रदर्शनपछि ‘ग्रे लिस्ट’ मा परेको नेपालले त्यसबाट बाहिरिन तयारी सुरु गरेको छ ।

सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी गतिविधि मामिलाको निगरानी गर्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सिएल एक्सन टास्क फोर्स (एफएटिएफ) ले गत फागुन ९ गते नेपाललाई निगरानी सूची अर्थात् ‘ग्रे लिस्ट’ मा राखेको थियो ।

सोही सूचीबाट बाहिरिने तयारीस्वरूप मङ्गलबार अर्थ मन्त्रालयमा बसेको सम्पत्ति शुद्धीकरण निवारण निर्देशक समितिले नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर ल्याउने कार्ययोजनालाई अन्तिम रूप दिने र त्यसलाई कार्यान्वयन गर्ने निर्णय गरेको छ । बैठकले जिम्मेवार निकाय र उनीहरूले सम्पन्न गर्नुपर्ने क्रियाकलापको समयसीमासहित कार्ययोजना कार्यान्वयन गर्ने निर्णय पनि लिएको छ । बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न कार्ययोजना अनुसार काम गरेर उक्त सूचीमा नपर्ने गरी दीर्घकालीन हिसाबले काम गर्न आवश्यक रहेको बताउनुभयो ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न कानुनको कमी नभएको बताउनुभयो । उहाँले दृढ इच्छा शक्तिसहित काम गरे यस्तो निगरानी सूचीबाट बाहिर ल्याउने सक्ने धारणा व्यक्त गर्नुभयो । महान्यायाधिवक्ता रमेश बडालले सबै निकायमा संस्थागत सुशासन हुन जरुरी रहेको बताउनुभयो ।

मुख्य सचिव एकनारायण अर्यालले सबै निकायबिच समन्वय गरी प्राथमिकताका साथ काम गर्न जरुरी भएको बताउनुभयो । उहाँले प्रविधिलाई जोड दिएर कार्ययोजना अनुसार काम गर्दा नेपाल ‘ग्रे लिस्ट’ बाट बाहिर आउन सक्ने बताउनुभयो ।

नेपाल राष्ट्र बैङ्कका कायमुकायम गभर्नर नीलम ढुङ्गाना तिम्सिनाले अन्तिम समयमा काम गर्नेभन्दा कार्ययोजना अनुसार सुरुदेखि नै काम गर्न आवश्यक रहेको बताउनुभयो ।

बैठकमा सहभागीले जोखिम मूल्याङ्कन, अन्तरनिकाय समन्वय, नियमन तथा सुपरिवेक्षण, अनुसन्धान तथा अभियोजन, कसुरजन्य सम्पत्तिलगायतका क्षेत्रमा काम गर्न जरुरी रहेको बताउँदै कानुनमा भन्दा कार्यान्वयनमा जोड दिन आवश्यक भएको बताएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
माघ शुक्ल पञ्चमी : श्रीपञ्चमी (वसन्तपञ्चमी) पर्व मनाइँदै
२०८२ माघ ९, शुक्रबार
निर्वाचन ४१ दिन बाँकी, उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरिने
२०८२ माघ ९, शुक्रबार
हसिनाको निष्कासनपछि बङ्गलादेश चुनावी प्रचारमा प्रवेश
२०८२ माघ ९, शुक्रबार
प्रधानमन्त्रीद्वारा संसद् भवनमा सहिदको सालिक राख्ने विषयमा जानकारी
२०८२ माघ ८, बिहिबार
काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव पौडेलद्वारा राजीनामा
२०८२ माघ ८, बिहिबार
उम्मेदवारी खारेजपछि रेशम चौधरीको प्रतिवाद : विभेदविरुद्ध जाँतोमा मतदान गर्न जनतालाई आग्रह
२०८२ माघ ८, बिहिबार
काँग्रेस उम्मेदवार भीमबहादुर थापा(भरत)को उम्मेदवारीलाई आधिकारिकता
२०८२ माघ ८, बिहिबार