मंग्सिर १८, २०८२ बिहिबार December 4, 2025

मोटरसाईकलको ट्यांकी भित्र गाँजा तस्करी गर्ने नेपाली युवक भारतमा पक्राउ

चेकजाँचको क्रममा मोटरसाइकलको ट्यांकीभित्र पेट्रोलको स्थानमा ४ किलो ३०० ग्राम गाँजा बरामद

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रौतहट । मोटरसाइकलको ट्यांकीभित्र गाँजा तस्करी गरिरहेका रौतहटका एक युवक सीमा जोडिएको भारत बिहार पूर्वी चम्पारण झरौखर थाना क्षेत्रबाट पक्राउ परेका छन्।

मोटरसाइकलको ट्यांकीभित्र चार किलोभन्दा बढी लागूऔषध गाँजासहित बौधिमाई नगरपालिका-३ मटिअर्वा गाउँका मुकेश साह भारतीय क्षेत्रमा पक्राउ परेको सीमा सुरक्षा बल एसएसबी क्याम्प जमुनियाका प्रमुख सहायक कमान्डेन्ट भाग सिंह गुर्जरले बताए।

सीमावर्ती भारतीय गाउँ पीठवा छेउ पिलर संख्या ३५६–४ नजिकै मंगलवार साँझ आरोपी मुकेश साह प्रदेश २–०३–००७ प १७६७ नम्बरको कालो रङको १५० सिसिको पल्सर मोटरसाइकल चढेर शंकास्पद अवस्थामा भारतीय क्षेत्रमा प्रवेश गरेका थिए।

सीमाक्षेत्रको गतिविधि नियालिरहेका झरौखर थानाका गस्ती टोली र एसएसबी क्याम्प जमुनियाको टोलीले उक्त मोटरसाइकल रोकेर चेकजाँच गरेका थिए। चेकजाँचको क्रममा मोटरसाइकलको ट्यांकीभित्र पेट्रोलको स्थानमा ४ किलो ३०० ग्राम गाँजा बरामद गरिएको एसएसबीका सहायक कमान्डेन्ट गुर्जरले जानकारी दिए।

पक्राउ परेका मुकेशले मोटरसाइकलको ट्यांकी भित्र गाँजा र पेट्रोल सीट मुनी राखेर यसरी नै यसअघि पनि नेपालबाट भारतीय क्षेत्रमा तस्करीमार्फत गाँजा पुर्‍याएको सोधबुझको क्रममा स्वीकार गरेको एसएसवीले जनाएको छ।

बरामद गाँजा र मोटरसाइकलसहित मुकेशलाई आवश्यक कारबाहीको लागि मंगलबार साँझ झरौखर थानाको जिम्मा लगाइएको एसएसबी क्याम्प जमिनियाले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्वाञ्चल विश्वविद्यालयको डिन कार्यालयमा काँग्रेस कार्यकर्ताद्वारा तालाबन्दी
२०८२ मंग्सिर १८, बिहिबार
महिला भलिबल प्रतियोगिता : एपिएफ र पुलिस विजयी
२०८२ मंग्सिर १८, बिहिबार
रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान
२०८२ मंग्सिर १८, बिहिबार
सुदूरपश्चिम रोयल्स लगातार छैटौँ जितसहित क्वालिफायरमा
२०८२ मंग्सिर १८, बिहिबार
प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान
२०८२ मंग्सिर १८, बिहिबार
एनपिएलमा पहिलो ‘ह्याट्रिक’ लिने ‘बलर’ बने शाहब
२०८२ मंग्सिर १८, बिहिबार
कांग्रेसद्वारा महाधिवेशनका सम्बन्धमा अन्तरक्रिया
२०८२ मंग्सिर १८, बिहिबार