असार २५, २०८२ बुधबार July 9, 2025

‘राजसंस्थाको रेल छुटिसकेको छ, अब कहिल्यै फर्किंदैन’ : महामन्त्री विश्वप्रकाश शर्मा

पूर्वराजा आफू चुनाव नउठी चुनाव चिह्न श्रीपेजमा अरूलाई उठाएर दुई तिहाइ सांसद जितेर राजसंस्था फर्काउन दिए चुनौती

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

खजुरा (बाँके)। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजसंस्था फर्काउने भन्दा पनि श्रीपेज चुनाव चिह्न लिएर मैदानमा आउन पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनौती दिएका छन्।

नेपाली कांग्रेस बाँकेद्वारा आज यहाँ आयोजित तेस्रो जिल्ला सम्मेलनको उद्घाटन गर्दै उनले काठमाडौंको तीनकुने वा देशका विभिन्न सहरमा प्रदर्शन गर्दैमा राजसंस्था नफर्किने बताए। पूर्वराजा आफू चुनाव नउठी चुनाव चिह्न श्रीपेजमा अरूलाई उठाएर दुई तिहाइ सांसद जितेर राजसंस्था फर्काउन चुनौती दिँदै भने, ‘राजसंस्थाको रेल छुटिसकेको छ, अब कहिल्यै फर्किंदैन।’

महामन्त्री शर्माले देशभरका शिक्षकले सडकमा प्रदर्शन गरिरहेको बेलामा प्रधानमन्त्रीले बोलाएर समस्या टुङ्ग्याउनु पर्नेमा जोड दिए। उनले कुनै पनि प्रधानमन्त्रीलाई पाँच वर्ष काम गर्न दिने व्यवस्था गर्नुपर्ने बताए।

महामन्त्री शर्माले कांग्रेस कार्यकर्तालाई कुनै व्यक्ति, गुट, उपगुटको पछि नलागेर संगठनको पछि लागेमा पार्टी बलियो हुने भन्दै पार्टीले देश र जनताको विकासका पक्षमा काम गरिरहेको उल्लेख गरे। गाउँ, टोलस्तरमा पार्टीले गरेको सकारात्मक कामको प्रचार गरी विश्वासिलो बनाउन कार्यकर्तालाई उनले आग्रह गरे।

सम्मेलनमा पार्टीका सह–महामन्त्री किशोरसिंह राठौरले नेताहरू इमान्दार र अनुशासित भएमा जनमत आफैँ बढ्ने भन्दै वडास्तरदेखि केन्द्रसम्म रहेका कार्यकर्ताले संगठनको विकासमा लाग्नुपर्नेमा जोड दिए।

बाँके जिल्ला सभापति नारायणप्रसाद गौडेलको सभापतित्वमा सम्पन्न सम्मेलनको उद्घाटन समारोहमा कांग्रेसका केन्द्रीय सदस्यहरू दीपक गिरी, सञ्जय गौतम, मैकुलाल वाल्मीकि, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनलगायतले पार्टीलाई एक ढिका गरेर लैजानुपर्नेमा जोड दिए। सम्मेलनमा विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार