असार २२, २०८२ आइतबार July 6, 2025

अमेरिकी राजदुतले पुटिन भेटेकाे दुइ दिन पछि रूसीद्दार युक्रेनमा हमला, २१ युक्रेनीको मृत्यु

‘शत्रुको क्षेप्यास्त्रले शहरको सामान्य सडक, सामान्य जीवन, घर, शैक्षिक संस्था, सडकमा रहेका कारहरूलाई निशाना बनाएको छ।’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कीभ, ३१ चैत । युक्रेनको उत्तरपूर्वी सहर सुमीमा रुसले गरेको ब्यालेस्टिक मिसाइल आक्रमणमा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने ८० भन्दा बढी घाइते भएका छन् ।

यो जानकारी दिँदै युक्रेनले रुसले सर्वसाधारणमाथि गरेको यो अर्को घातक आक्रमण भएको बताएको छ । क्षेप्यास्त्र आक्रमण त्यस समयमा भएको थियो जब एक शीर्ष अमेरिकी अधिकारीले हालै रुस भ्रमण गरेका थिए। युक्रेनको सुमी सहर रुसको सिमाना नजिक छ र यो सहर विगत केही सातादेखि लगातार निशाना बनिरहेको छ ।

अमेरिकी राजदूत स्टिभ विटकफले रुसी नेता भ्लादिमिर पुटिनसँग भेट गरेको दुई दिनपछि सुमीमाथि यो हमला भएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसलाई युद्ध अन्त्य गर्न आग्रह गरेबापत यो गरिएको हो।

‘रसियाले सहरको केन्द्रमा ब्यालिस्टिक मिसाइलले आक्रमण गरेको थियो, जब सडकमा धेरै मानिसहरू थिए,’ युक्रेनको आपतकालीन सेवाले भन्यो, ‘मानिसहरू सडकको बीचमा, कारहरूमा, सार्वजनिक यातायातमा र घरहरूमा घाइते भएका थिए, प्रारम्भिक तथ्यांक अनुसार २१ जनाको मृत्यु भएको छ ।’
उसका अनुसार आक्रमणमा सात बालबालिकासहित ८३ जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युरोप र अमेरिकालाई कडा प्रतिक्रिया दिन आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमा भने, ‘शत्रुको क्षेप्यास्त्रले शहरको सामान्य सडक, सामान्य जीवन, घर, शैक्षिक संस्था, सडकमा रहेका कारहरूलाई निशाना बनाएको छ।’

उनले यो पनि भने, ‘यो त्यो दिन भयो, जब मानिसहरू चर्च जान्छन्, पाम आइतबार, यरूशलेममा प्रभुको प्रवेशको चाड।’एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार