असार २०, २०८२ शुक्रबार July 4, 2025

बेमौसमी वर्षाले एक करोडभन्दा बढीको इँट्टा नष्ट

केही वर्षअघिसम्म १८ वटा उद्योग रहेकामा यस वर्ष मात्रै छ वटा बन्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नवलपरासी। पश्चिम नवलपरासीमा बेमौसमी वर्षाले काँचो इँट्टा नष्ट भएको छ ।

शुक्रबारदेखिको वर्षाले इँट्टा भठ्ठामा पोल्नका लागि तयार पारिएको काँचो इँट्टा गलेर रु एक करोडभन्दा बढीको क्षति भएको इँट्टा उत्पादक सङ्घका केन्द्रीय सदस्य कृष्णनारायण श्रेष्ठले जानकारी दिनुभयो । क्षतिको एकिन विवरण सङ्कलनको काम भइरहेको उहाँले बताउनुभयो ।

श्रेष्ठका अनुसार जिल्लामा १२ वटा इँट्टा उद्योग सञ्चालनमा छन् । केही वर्षअघिसम्म १८ वटा उद्योग रहेकामा यस वर्ष छवटा बन्द भएका छन् ।बेमौसमी वर्षाले तरकारी, मकै, उँखु, आँप, लिच्ची जस्ता फललाई भने फाइदा गरेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया