असार २५, २०८२ बुधबार July 9, 2025

सुदूरपश्चिमको भाषा हराउने अवस्थामा पुग्योः सभापति देउवा

नेपालमा रहेका भाषाहरुलाई जोगाउदै लैजानुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेपालमा रहेका भाषाहरुलाई जोगाउदै लैजानुपर्नेमा जोड दिएका छन्।

बिसुपर्वका अवसरमा देउडा समाजले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मुलुकमा बोलिने विभिन्न भाषाहरु हराउने अवस्थामा पुगेको भन्दै यसलाई जोगाउदै लैजानुपर्नेमा जोड दिएका हुन्। उनले समूदायको भाषा हराउन थाले समूदाय र समाज कमजोर र विखण्डित हुने जिकिर गरे।

सुदूरपश्चिमको भाषा हराउने अवस्थामा पुगेको भन्दै उनले भाषाको जगेर्नामा लाग्न देउडा समाजलाई सुझाव दिए। संसारभरका मान्छेहरु आफ्नो भाषा बचाउनका गम्भीर भएको अवस्थामा देशमा बोलिने भाषाहरुलाई पनि बचाउन लाग्नुपर्ने धारणा राखे।

कार्यक्रमपछि सुदूरपश्चिम घर भई हाल काठमाडौँमा बस्दै आएका सुदूरपश्चिमबासीले देउडाखेल खेली हर्षोल्लासका साथ बिसु पर्व मनाएका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार