असार २५, २०८२ बुधबार July 9, 2025

थप ५२५ जनामा कोरोना संक्रमण पुष्टिः उपत्यकामा मात्रै थप १२७ जना संक्रमित थपिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः बिहीबार नेपालमा थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न अस्पतालमा ९ हजार ५ सय ५९ जनामा गरिएको परीक्षणमा ५२५ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्राडा जागेश्वर गौतमले दिएको जानकारी अनुसार कुल संक्रमितको स‌ंख्या २४ हजार ९५७ पुगेको बताईएको छ ।

काठमाडौं उपत्यकामा मात्रै थप १२७ जनामा  कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरुमध्य काठमाडौं जिल्लामा १११, ललितपुरमा ११ र भक्तपुरमा ५ जनामा  संक्रमण देखिएको हो ।

२४ घण्टामा कोरोना संक्रमण निको भएर डिस्चार्ज हुनेको संख्या १०९ रहेको छ ।

योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २४ हजार ९नाै सय ५७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया