बैसाख ७, २०८२ आइतबार April 20, 2025

दक्ष जनशक्ति उत्पादन गर्न प्रसुति अस्पतालमा सिमुलेसन ल्याब सञ्चालनमा

बिरामीलाई कुनै असर नपुर्‍याइकन प्रयोगात्मक सीपबाट दक्ष बनाउने उद्देश्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, वैशाख २ गते ।मातृ तथा नवजात शिशुको उपचार तथा स्याहारका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालले सिमुलेसन ल्याब सञ्चालनमा ल्याएको छ । अस्पतालको कुपण्डोलस्थित भवनमा निर्माण सम्पन्न ल्याबको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सोमबार उद्घाटन गर्नुभयो ।

ल्याबमार्फत नर्सिङ, अनमी, मिडवाइफ तथा चिकित्सकहरूको सिकाइका लागि उपयोग हुने ल्याबमा उपचारका अभ्यास सञ्चालन गर्न सकिन्छ । बिरामीलाई कुनै असर नपुर्‍याइकन प्रयोगात्मक सीपबाट दक्ष बनाउने उद्देश्यले निर्मित ल्याबलाई अमेरिकी दातृ संस्था युएसएडमार्फत अमेरिकी च्यारिटी वन हार्ट वल्र्डवइडले आर्थिक सहयोग गरेको हो ।

यस ल्याबले देशैभरका मातृ शिशु उपचारमा संलग्न जनशक्तिलाई केन्द्रीयस्तरको स्तरीय तालिम प्रदान गर्न सहजता मिलेको अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले बताउनुभयो ।

ल्याब उद्घाटन गर्नुहुँदै मन्त्री पौडेलले आमा र शिशु दुवैको ज्यान सुरक्षित बनाउन क्षमतावान जनशक्ति उत्पादनमा ल्याबले महत्त्वपूर्ण योगदान खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

‘‘यो ठुलो कुराजस्तो नदेखिएला,’’ उहाँले भन्नुभयो, ‘‘तर मातृ शिशुको सुरक्षामा यसले पहिलो महत्त्वपूर्ण सुरुवात गरेको छ ।’’

अस्पतालले प्रतिष्ठान सरह मातृ शिशुका क्षेत्रमा काम गर्ने जनशक्तिको क्षमता विकासमा योगदान गरिरहेको भन्दै मन्त्री पौडेलले सातै प्रदेशमा यस्ता केन्द्र विकास अघि बढाइने बताउनुभयो ।

‘‘हामी अब बाँकी ६ प्रदेशमा पनि मातृशिशुको विशिष्टकृत उपचार र जनशक्ति विकासका काम क्रमैसँग अघि बढाउनेछौं,’’  उहााले भन्नुभयो ।

मन्त्री पौडेलले मातृशिशु स्याहारका क्षेत्रमा आगामी बजेटमा थप लगानी गर्ने गरी बजेट विनियोजन गर्ने समेत घोषणा गर्नुभयो ।

२०१६ सालमा स्थापित अस्पतालले हाल झण्डै पाँच सय शय्या क्षमतामा बिरामीको उपचार गरिरहेको छ । मन्त्री पौडेलले जिम्मेवारी सम्हालेयता अस्पतालले नयाँ भवनबाट विशिष्टीकृत सेवाअन्तर्गत निसन्तान उपचार सेवा, परिवार नियोजन सेवा र सुरक्षित गर्भपतन सेवा सुरु गरेको निर्देशक अधिकारीले बताउनुभयो । पुरानो भवनको गाइनोकोलोजी सेवासमेत नयाँ भवनमा स्थानान्तरण गरेर सेवा दिने योजना रहेको निर्देशक अधिकारीले जानकारी दिनुभयो ।

बर्थिङ सेन्टरको क्षमता वृद्धि

अस्पतालको पुरानो भवनमा विस्तारित बर्थिङ युनिटको समेत मन्त्री पौडेलले उद्घाटन गर्नुभएको छ । यसअघि अस्पतालमा आठ जनाको क्षमता रहेकामा अब थप चार जनालाई प्रजनन गराउन सक्ने गरी सेवा विस्तार गरिएको छ । दुई मिडवाइफ अधिकृत थपिए पछि अब सेन्टरको क्षमता १२ पुगेको अस्पताल निर्देशक अधिकारीले जानकारी दिए । प्रसुति सेवामा सरकारी विशिष्टकृत अस्पतालमा बर्थिङ सेन्टरको क्षमता कम हुँदा सके जति सेवा दिन सकिएको थिएन । अब भने थप सहजता प्राप्त भएको अस्पतालले जनाएको छ । गोप.

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लायन्स क्लबको क्याबिनेट अफिसर्स प्रशिक्षण पोखरामा हुँदै
२०८२ बैसाख ७, आइतबार
राजदूत रीता धिताल तुर्कियका लागि नेपालको गैर आवासीय राजदूतमा नियुक्त
२०८२ बैसाख ७, आइतबार
पुटिनको इस्टर युद्धविरामका बाबजुद रुसी आक्रमणहरू जारी : जेलेन्स्की
२०८२ बैसाख ७, आइतबार
दिगो विकासका लक्ष्य कार्यान्वयन गर्न २११ खर्ब ६५ अर्ब लगानी आवश्यक पर्ने
२०८२ बैसाख ७, आइतबार
प्रधानमन्त्री ओलीसँग `मेरो डान्स युनिभर्स´ टिमको भेटघाट
२०८२ बैसाख ७, आइतबार
निरङ्कुशताको कुरा गर्छ भने त्यो आन्दोलन होईन, अपराध हो : अध्यक्ष प्रचण्ड
२०८२ बैसाख ७, आइतबार
४ घन्टा पछि छाडिए राजेन्द्र लिङदेनसहितका नेता
२०८२ बैसाख ७, आइतबार