असार २२, २०८२ आइतबार July 6, 2025

राष्ट्रिय फुटबल टिमका ३३ खेलाडीको कोरोना रिपोर्ट नेगेटिभ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रिय फुटबल टिमका ३३ खेलाडीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले गत सोमबार र मंगलबार परिक्षण गरिएका ३४ खेलाडी मध्ये ३३ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको जनाएको छ ।

एक खेलाडीको भने पुन:परिक्षण गर्नु पर्ने एन्फाले जनाएको छ ।

यस्तै एन्फाले परिक्षण गरिएका खेलाडीसहित प्रशिक्षक, अफिसियल र होस्टलका कर्मचारीसहित ५३ जनाको रिपोर्ट नेगेटिभ आएको जनाएको छ ।

कोरोना परिक्षण गरिएको ५४ मध्ये ५३ जनाको रिपोर्ट नेगेटिभ आएको एन्फाले जनाएको हो ।

फिफा विश्वकप छनोट र एसियन कप छनोटको प्रशिक्षण थाल्नु अघि एन्फाले कोरोना परिक्षण गराएको थियो । तर, टिमको प्रशिक्षण सुरु नभई स्थगित भएको हो ।

एन्फाले भदौ १ गतेबाट सुरु गर्ने भनेको टिमको प्रशिक्षण पनि अर्को सूचना नआएसम्मको लागि स्थगित गरेको जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया