असार २३, २०८२ सोमबार July 7, 2025

अमेरिकाले सिरियाबाट एक हजार सैनिक फिर्ता गर्ने

निर्णयसँगै अमेरिकाको सिरियामा रहेको सैन्य उपस्थिति क्रमशः घटाइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वासिङ्टन, वैशाख ६ गते । संयुक्त राज्य अमेरिकाले आगामी महिनाभित्र सिरियाबाट आफ्ना एक हजार सैनिक फिर्ता गर्ने घोषणा गरेको छ । इस्लामिक स्टेट (आईएस) विरुद्धको अन्तर्राष्ट्रिय अभियानअन्तर्गत अमेरिका विगत केही वर्षदेखि सिरियामा सैनिक तैनाथ गर्दै आएको छ ।

अमेरिकी रक्षा सचिवको निर्देशन अनुसार, अब ती सैनिकहरूलाई फिर्ता ल्याउने तथा सुरक्षा संरचना सुदृढ गर्ने प्रक्रिया सुरु गरिएको पेन्टागनका प्रवक्ता श्री सीन पार्नेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार, यो निर्णयसँगै अमेरिकाको सिरियामा रहेको सैन्य उपस्थिति क्रमशः घटाइनेछ । यद्यपि, अमेरिकाले आईएस विरुद्धको आक्रमण जारी राख्ने र शान्ति स्थापनाका लागि आवश्यक कदम चाल्ने प्रतिबद्धता कायमै रहेको पनि प्रवक्ता पार्नेलले जनाउनुभयो ।

आईएसले सन् २०१४ मा आक्रामक गतिविधि सुरु गरेपछि, अमेरिकी नेतृत्वमा स्थानीय सेनाहरूलाई सहयोग पु¥याउँदै आतंकवादी समूहविरुद्ध अभियान थालिएको थियो ।

यस अभियानका क्रममा अमेरिकी सेनाहरूले प्रत्यक्ष रूपमा लडाईंमा सहभागिता जनाएका थिए भने हजारौँ सैनिक तथा कर्मचारीहरूलाई सहयोगका लागि खटाइएको थियो ।

इराकी प्रधानमन्त्रीले सन् २०१७ को डिसेम्बरमा आइएसमाथि विजयको घोषणा गर्नुभएको थियो, भने सिरियामा सन् २०१९ को मार्चमा सिरियन डेमोक्रेटिक फोर्स (एसडीएफ) ले आइएसको गढ कब्जा गरेपछि पराजयको घोषणा गरिएको थियो ।

तर पनि अहिले केही ग्रामीण क्षेत्रहरूमा आइएसका लडाकुहरू सक्रिय रहेका कारण, अमेरिकी सेनाले समय–समयमा आवश्यक कारबाही जारी राखिरहेको छ । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार