असार २३, २०८२ सोमबार July 7, 2025

कङ्गोमा डुङ्गामा आगलागी हुँदा १४३ जनाको मृत्यु

धेरै परिवारहरू आफ्ना प्रियजनहरूको अवस्थाबारे अझै अनविज्ञ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं। डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गोमा इन्धन बोकेको डुङ्गामा आगलागी हुँदा कम्तीमा १४३ जनाले ज्यान गुमाएका छन् भने धेरै जना अझै बेपत्ता रहेका छन् ।

यो दुःखद दुर्घटना इक्वेटोर प्रान्तको राजधानी म्बान्डाका नजिकै, विश्वकै सबैभन्दा गहिरो र विशाल कङ्गो नदीको सङ्गमस्थलमा भएको हो ।

स्थानीय नागरिक समाजका नेता जोसेफ लोकोन्डोका अनुसार, केही व्यक्तिको मृत्यु आगोमा जलेर र केहीको डुबेर भएको पुष्टि भएको छ । उहाँले मृतक सङ्ख्या १४५ पुगेको अनुमान गर्नुभएको छ ।

डुङ्गामा खाना पकाउने क्रममा लागेको आगो इन्धनमा फैलिँदा ठुलो विस्फोट भई आगलागी भएको बताइएको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा डुङ्गाबाट आगो सल्किरहेको र धुवाँ निस्किरहेको देखिन्छ। डुङ्गा किनाराबाट टाढा फसेको अवस्थामा देखिएको छ ।

घाइतेहरूलाई उद्दार गरी अस्पतालमा उपचारको लागि पठाइएको जनाइएको छ। धेरै परिवारहरू आफ्ना प्रियजनहरूको अवस्थाबारे अझै अनविज्ञ रहेको पनि लोकोन्डोले बताउनुभयो ।

प्रभावित परिवारहरूप्रति हार्दिक समवेदना व्यक्त गर्दै, स्थानीय अधिकारीहरूले आवश्यक उद्धार तथा राहत कार्य तीव्र रूपमा अगाडि बढाइरहेका छन् । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार