असार २४, २०८२ मंगलबार July 8, 2025

कञ्चनपुरमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

भिटामिन ‘ए’ ३७ हजार पाँच सय ५४ र जुकाको औषधि ३३ हजार ४६ बालबालिकालाई खुवाउने लक्ष्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कञ्चनपुर, ७ वैशाखः कञ्चनपुरमा महिला स्वास्थ्य स्वयंसेवीकाले घर घरमै पुगेर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु गरेका छन् ।

राष्ट्रिय अभियानअन्तर्गत छ महिनादेखि पाँच वर्ष उमेरका बालबालिकालाई भिटामिन ‘ए’ र एक वर्षदेखि पाँच वर्ष मुनिका बालबालिकालाई जुकाको औषधि खुवाउन सुरु गरिएको हो । अभियानअन्तर्गत यही वैशाख ६ गतेदेखि ७ गतेसम्म भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम छ ।

स्वास्थ्य कार्यालय कञ्चनपुरका सूचना अधिकारी खगेन्द्र कार्कीका अनुसार भिटामिन ‘ए’ ३७ हजार पाँच सय ५४ र जुकाको औषधि ३३ हजार ४६ बालबालिकालाई खुवाउने लक्ष्य राखिएको छ ।

“अभियानको पहिलो दिन खोप केन्द्र र तोकिएका स्थानमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइएको हो”, उहाँले भन्नुभयो, “आज महिला स्वास्थ्य स्वयंसेवीकाले केन्द्रमा नआएका बालबालिकाको घर–घरमै पुगेर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँछन् ।”

शुक्लाफाँटा नगरपालिका– ११ कलुवापुरका महिला स्वास्थ्य स्वयंसेवीका राजु रानाले भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउनका लागि बिहानैदेखि बालबालिकाको घर घरमा जान थालेको बताउनुभयो । “केन्द्रमा थोरै मात्रै बालबालिका आएका छन्”, उहाँले भन्नुभयो, “नआएका बालबालिकालाई घरमै खुवाउनका लागि पुग्दै छौँ ।”

भिटामिन ‘ए’ कार्यक्रम सरकारले विसं २०५० देखि अभियनका रुपमा सञ्चालन गर्दै आएको छ । जुकाको औषधि भने विसं २०५६ देखि बालबालिकालाई खुवाइदै आएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार