असार २२, २०८२ आइतबार July 6, 2025

अस्ट्रेलियाको तटमा ठूलो छालले डुबेर ६ जनाको मृत्यु

छालहरू तीन दशमलव पाँच मिटर (११ दशमलव पाँच फिट) जति अग्ला हुँदा दक्षिणी न्यु साउथ वेल्समा एक मछुवाको चट्टानबाट बगेर मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सिड्नी, ७ वैशाख । आइतबार सिड्नी नजिकै चट्टानबाट खसेपछि एक मछुवाको मृत्यु भएको छ । योसँगै इस्टर सप्ताहन्तमा अस्ट्रेलियाको पूर्वी तटमा विशाल छालहरूले प्रहार गर्दा डुबेर मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ ।

आपत्कालीन सेवाहरूले वाट्टामोला समुद्री तटमा दुई जनालाई छालबाट उद्धार गरेका थिए । तर उनीहरूमध्ये एकलाई बचाउन नसकिएको न्यु साउथ वेल्स प्रहरीले एक विज्ञप्तिमा बताएको छ ।

दक्षिणी सिड्नीको बाहिरी भागमा चट्टानबाट खसेको बेला यो जोडी माछा मार्दै थियो । दोस्रो व्यक्ति १४ वर्षीय किशोर अस्पतालमा स्थिर अवस्थामा रहेका छन् ।

यसले छुट्टीको सप्ताहन्तमा मृत्युको शृङ्खला जारी राखेको छ । शुक्रबारदेखि समुद्रमा बेपत्ता भएका अन्य दुई व्यक्ति – एक सिड्नीबाट र एक मेलबर्नबाट -को खोजी जारी छ ।

सर्फ लाइफ सेभिङ अस्ट्रेलिया (एसएलएसए) ले बलियो छालहरूले न्यु साउथ वेल्स र भिक्टोरियाको तटहरूमा खतरनाक समुद्री अवस्थाहरू सिर्जना गर्नेछन् भन्दै बिहीबार एक चेतावनी जारी गरेको थियो ।

न्यु साउथ वेल्समा शुक्रबार तीन जनाको डुबेर मृत्यु भएको थियो भने मेलबर्न नजिकै समुद्रमा खसेपछि एक महिलाको मृत्यु भएको थियो भने एक जना पुरुष बेपत्ता भएका थिए ।

शनिबार केही ठाउँमा छालहरू तीन दशमलव पाँच मिटर (११ दशमलव पाँच फिट) जति अग्ला हुँदा दक्षिणी न्यु साउथ वेल्समा एक मछुवाको चट्टानबाट बगेर मृत्यु भएको थियो ।

एसएलएसएले सप्ताहन्तअघि जारी गरेको तथ्याङ्कमा पछिल्लो १० वर्षमा सक्रिय जीवन बचाउने सेवा नभएका समुद्री किनारहरूमा छ सय ३० जनाको मृत्यु भएको देखाएको थियो ।

प्रमुख कार्यकारी अधिकृत एडम वेयरले गस्ती गरिएका समुद्र तटहरूलाई सुरक्षाका लागि प्राथमिकता दिनुपर्ने सल्लाह दिए ।

“हामीलाई थाहा छ कि अस्ट्रेलियाली र हाम्रो देशका आगन्तुकहरू क्याम्पिङ, माछा मार्ने र अन्य तटीय गतिविधिहरूको आनन्द लिन सामान्य बाटोबाट बाहिर जान मन पराउँछन्”, वेयरले एक विज्ञप्तिमा भने, “तर यी तटीय स्थानहरूले खतराहरू प्रस्तुत गर्न सक्छन्, केही तपाईंले देख्न सक्नुहुन्छ र केही तपाईंले देख्न सक्नुहुन्न, त्यसैले हामीसँग केही सरल सल्लाह छन् : रोक्नुहोस्, हेर्नुहोस्, जीवित रहनुहोस् ।” रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार