असार २२, २०८२ आइतबार July 6, 2025

राज्य व्यवस्था समितिको बैठकमा निजामति कर्मचारीका बारेमा छलफल हुदैँ

दुवै समितिको बैठक सिंहदरबारस्थित कार्यालयमा बस्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, ८ बैशाख । संघीय संसदका २ समितिको बैठक बस्दैँछ ।

संघीय संसद सचिवालयका अनुसार ती दुवै समितिको बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछन् ।

जसअनुसार राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ः०० बजे बोलाइएको छ । जुन बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० का सम्बन्धमा गठित उपसमितिको प्रतिवेदन माथि छलफल हुनेछ ।

उता, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा भने विधायन ऐन, २०८१’ कार्यान्वयनमा समितिको भूमिका सम्बन्धमा समितिका पूर्व सभापति श्री रामनारायण विडारीसँग छलफल गरिने भएको छ । जुन बैठक अपरान्ह १२ः४५ बजे देखी सुरू हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया