असार २२, २०८२ आइतबार July 6, 2025

पोप फ्रान्सिसको ८८ बर्षको उमेरमा निधन

 सिरियामा जन्मेका ग्रेगरी तेस्रोको ७४१ मा मृत्यु भएदेखि रोमको गैर युरोपियन पोप हुन सकेका थिएनन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, ८ बैशाख । पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन भएको छ ।

भ्याटिकनको कासा सान्ता मार्टास्थित निवासमा उनको मृत्यु भएको भ्याटिकन समाचार सेवाले जनाएको छ। ‘उनको सम्पूर्ण जीवन प्रभु र उहाँको चर्चको सेवामा समर्पित थियो,’ कार्डिनल फारेलले भने ।

विश्वका नेताहरूले श्रद्धाञ्जली अर्पण गरिरहेका छन । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले उनलाई ‘नम्रताको मानिस’ भनेका छन्र ।

डच प्रधानमन्त्री डिक फले उनलाई ‘क्याथोलिक र गैर–क्याथोलिकहरूका लागि समान रूपमा रोल मोडेल’ भनेर वर्णन गरेका छन्। हजारौं उपासकहरूलाई‘ ह्याप्पी ईस्टर’ को शुभकामना दिन सेन्ट पिटर स्क्वायरमा देखा परेको एक दिन पछि उनको मृत्यु भएको हो ।

फ्रान्सिसको पोपसीले क्याथोलिक चर्चमा सुधारहरू शुरू गरेका थिए, उनी परम्परावादीहरूका बीचमा निकै नै लोकप्रिय रहेका थिए ।

उनी अमेरिका वा दक्षिणी गोलार्धबाट पहिलो पोप हुन ।  सिरियामा जन्मेका ग्रेगरी तेस्रोको ७४१ मा मृत्यु भएदेखि रोमको गैर युरोपियन पोप हुन सकेका थिएनन् ।

उनी सेन्ट पिटरको सिंहासनमा निर्वाचित हुने पहिलो जेसुइट पनि हुन । जेसुइटहरूलाई ऐतिहासिक रूपमा रोमद्वारा शंकाको नजरले हेरिने गरिन्छ ।

अर्जेन्टिनाका कार्डिनल बर्गोग्लियो रूपमा उनको प्रख्याती थियो, जब आफ्नो सत्तरी बर्षको उमेरमा उनी सन २०१३ मा पोप बनेका थिए। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार