श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

दुर्गा प्रसाईँका दुई वटै अस्पतालको खाता फुकुवा गर्न सर्वोच्चको अन्तरिम आदेश

न्यायाधीश फुयालको एकल इजलासले दुवै खाता फुकुवा गर्न अन्तरिम आदेश जारी गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सर्वोच्च अदालतले दुर्गा प्रसाईँ सञ्चालक रहेको दुईवटा अस्पतालको रोक्का खाता फुकुवा गर्न अन्तरिम आदेश जारी गरेको छ । गत चैत १५ गते तीनकुनेमा भएको राजावादी आन्दोलनपछि आन्दोलनका जनकमाण्डर तोकिएका प्रसाईँ फरार भएका थिए ।

आन्दोलनका क्रममा दुई जनाको ज्यान गएको थियो भने सरकारी गाडीसहित निजी घरहरुमा आगजनी र तोडफोड भएको थियो । यस्तै जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रमा पनि तोडफोड र आगजनी भएको थियो ।

तीनकुने घटनापछि फरार प्रसाईँको व्यक्तिगत खातासहित अस्पतालको खाता पनि रोक्का गरिएको थियो । खाता रोक्कापछि वि एण्ड सी मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि र र्वाञ्चल क्यान्सर हस्पिटल प्रालिको तर्फबाट डा अञ्जली कार्कीले छुट्टाछुट्टै दुईवटा रिट दायर गरेकी थिइन् ।

उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले दुवै खाता फुकुवा गर्न अन्तरिम आदेश जारी गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेस प्रदेशको खानेपानी समस्या समाधानका लागि साझा जिम्मेवारी आवश्यक छ : मन्त्री यादव
२०८२ श्रावण ९, शुक्रबार
गाजामा विश्वकै ‘सबैभन्दा’ खराब मानवीय अवस्था छः अस्ट्रेलियाली प्रधानमन्त्री
२०८२ श्रावण ९, शुक्रबार
अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा दायर
२०८२ श्रावण ९, शुक्रबार
संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धको चेतावनीबिच इरानले युरोपेली शक्तिसँग भेट गर्ने
२०८२ श्रावण ९, शुक्रबार
भारतीय प्रधानमन्त्री मोदी माल्दिभ्समा, राष्ट्रपति मुइज्जु र अन्य वरिष्ठ नेताहरूद्वारा स्वागत
२०८२ श्रावण ९, शुक्रबार
विश्व एक्वेटिक्समा चार पौडी खेलाडी
२०८२ श्रावण ९, शुक्रबार
सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार : मुख्यमन्त्री आचार्य
२०८२ श्रावण ९, शुक्रबार