कार्तिक २५, २०८३ बुधबार November 11, 2026

प्रधानमन्त्री ओली भोलि बारा जाने

बाराको परवानीपुर गाउँपालिकामा नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, ८ साउन । प्रधानमन्त्री केपी शर्मा ओली भोलि बारा जाने भएका छन् । बाराको परवानीपुर गाउँपालिकामा नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्न प्रधानमन्त्री भोलि त्यसतर्फ जान लागेका हुन् ।

प्रधानमन्त्री ओली आज खोटाङ जाने भनिएको थियो । तर, खोटाङको कार्यक्रम स्थगित् भएको जनाईएको छ ।

पार्टीको सचिवालय, पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठकपछि ओली पहिलोपटक भोलि काठमाडौंबाहिर जान लागेका हुन् । प्रधानमन्त्री ओली हालै झापा र इलामको भ्रमण गरेर फर्किएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया