असार २४, २०८२ मंगलबार July 8, 2025

“घनश्याम भुसालको नयाँ एजेन्डा : सुशासन र रोजगारीमार्फत समाजवादको तयारी”

यस्तो छ घनश्याम भुसालले प्रस्ताव गरेको ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ एजेन्डाको पूर्णपाठ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ। नेकपा एकीकृत समाजवादीले सुशासन र रोजगारीको एजेन्डालाई प्राथमिक बनाउँदै रचनात्मक आन्दोलन थालेको छ ।

राजसंस्था धर्म आदि मुद्दालाई केन्द्रमा राखेर केही शक्तिहरूले जनताका जायज र ज्वलन्त एजेन्डालाई छायाँमा पार्न खोजेको भन्दै नेकपा एकीकृत समाजवादीले वास्तविक मुद्दामा ठोस छलफलका प्रस्ताव अघि सारेको छ ।

केन्द्रीय आन्दोलन संयोजन कमिटीका संयोजकसमेत रहेका महासचिव घनश्याम भुसालका अनुसार सुशासन र रोजगारी केन्द्रित आन्दोलनमा दर्जनबढी विषयगत छलफल भएका छन्। सुझाव माग्दै ६ हजारलाई इमेल पठाइएको छ ।

चैत एक गतेदेखि सुरु अभियानमा महासचिव भुसालले प्रारम्भिक अवधारणा राख्दै ‘सुशासन र रोजगारी, समाजवादको तयारी’ नारा प्रस्ताव गरेका थिए । सुशासन र रोजगारीको ग्यारेन्टी गर्दै समाजवादको आधार तयार गर्ने आजको राजनीतिक एजेण्डा तय गर्ने उनको मत थियो। त्यस अन्तर्गत मूलधारका मिडियाका सम्पादक, नागरिक अगुवा, कृषि, शिक्षा, स्वास्थ्य, सूचना प्रविधि र आर्थिक क्षेत्रका विज्ञहरूसँग छुट्टाछुट्टै छलफल भयो ।

साथै अन्य क्षेत्रसँग पनि क्रमशः छलफल गरिने भुसालले बताए । उनले राजनीतिमा नयाँ पात्रहरू आउने र सपनाहरू बाँडेर सत्तामा पुग्ने बाहेक केही नभएको उनको ठम्याइ छ।

‘मानव तथा प्राकृतिक श्रोतको प्रचुरता हुँदा हुँदै पनि दशकौँदेखि हामी व्यापार घाटा, निरन्तर बढ्दो ऋण, औद्योगिक उत्पादनमा ह्रास, रोजगारीको अभाव र भ्रष्टाचारमा छौँ,’ उनले प्रस्तावमा भनेका छन्, ‘राजनीतिमा नयाँ नयाँ पात्रहरू आउने, रोमाञ्चक सपनाहरू बाँडेर सत्तामा पुग्ने तर फेरि राज्य दोहन गर्ने र नयाँ धनाढ्य वर्ग जन्मिने परम्परा रोकिएन । यसरी आधुनिक नेपालको ७५ वर्षमा पनि रोजगारी र सुशासन भएन । यो हाम्रो इतिहासको कलंकको, अपमानको पाटो हो ।’

मुख्य दलहरूले राजनीतिलाई केवल सत्ताभोगको औजार बनाउँदा समाजमा चौतर्फी निराशा फैलिँदै गएको उनको आरोप छ। ‘गणतन्त्र आएपछि पनि कलङ्कको यो इतिहास फेर्न कुनै ठोस पहलकदमी नहुनु, राष्ट्रले उज्यालो भविष्य देख्न नपाउनु, मुलुकका ऐतिहासिक अवसरहरूमाथि खेलवाड गरिनु र मुलुक उस्तै बेरोजगारी र कुशासनको दुश्चक्रमा फसिरहनु दुर्भाग्य हो । मुख्य दलहरूले राजनीतिलाई केवल सत्ताभोगको औजार बनाउँदा समाजमा चौतर्फी निराशा फैलिँदै गएको छ ।’ उनले प्रस्तावमा भनेका छन् ।

साथै जनताको निराशालाई उत्तेजक बनाएर मुलुकलाई चौतर्फी अराजकतातर्फ धकेल्न प्रयास भइरहेको उनको ठहर छ । ‘मौका पर्खेका पुनरुत्थानवादी शक्तिहरूले जनताको निराशालाई उत्तेजक बनाएर मुलुकलाई चौतर्फी अराजकतातर्फ धकेल्न प्रयास गरिरहेका छन् । यो राष्ट्रिय निराशाको समाधान राष्ट्रिय एजेण्डा बन्नु पर्थ्यो, राजनीतिक पार्टीहरू, सरकार, बौद्धिक समुदाय तथा सञ्चार माध्यमको मुख्य मुद्दा बन्नु पर्थ्यो ।’ भुसालले भनेका छन् ।

चैत्र १५ गते राजावादी समूहले गरेको तोडफोड र अपराधलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने सुझाव दिन्छन् । उनले भनेका छन्, ‘ चैत्र १५ गते तथाकथित राजावादी हुल्लडवाजले गरेका अपराधको निन्दा-भर्त्सना गरेर र तिनमाथि कारबाही गरेर मात्रै गणतन्त्र सुरक्षित छ भन्ने ठान्नु घोर नालायकी हुनेछ, समाजको निराशाले अझ भयावहरुप लिनेछ । नागरिकलाई नयाँ जीवनको बाटो नदेखाउने कुनै पनि व्यवस्था संसार भरी कहीँ पनि सुरक्षित छैनन् । यसलाई राष्ट्रिय एजेण्डा बनाउन ढिलो भैसकेको छ ।’

विमर्श र अन्तरक्रिया तथा सञ्चार र सम्पर्क कार्यक्रमबाट प्राप्त सुझावहरू र पार्टीको प्रस्तुत अवधारणाका आधारमा वैशाख १० गते सरकारलाई ज्ञापन पत्र बुझाउने एकीकृत समाजवादीले बताएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार