श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

प्रदेश अस्पतालको शय्या क्षमता सात सय पुर्याउन मन्त्रिपरिषद्को सैद्धान्तिक सहमति

बजेट कार्यान्वयमा बाँकी अवधि महत्वपूर्ण हुने भएकाले यसमा गति बढाउन सकेमात्र प्रदेश सरकारको खर्च प्रगतिमा सुधार आउने अपेक्षा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कर्णाली, बैशाख ९ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले पुँजीगत बजेट कार्यान्वयनको गति बढाउन निर्देशन दिएका छन् । प्रदेश सरकारको सोमबार सुर्खेत वीरेन्द्रनगरमा आयोजित चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकको प्रगति समीक्षा कार्यक्रममा उनले मन्त्री तथा सचिवलाई निर्देशन दिएका हुन् ।

बजेट कार्यान्वयमा बाँकी अवधि महत्वपूर्ण हुने भएकाले यसमा गति बढाउन सकेमात्र प्रदेश सरकारको खर्च प्रगतिमा सुधार आउने मुख्यमन्त्री कँडेलको भनाइ छ । प्रदेश सरकारले चालु आर्थिक वर्षमा ८० प्रतिशत बजेट कार्यान्वयन गर्ने लक्ष्य राखेको जनाउँदै उनले लक्ष्यअनुसार प्रगति हासिल हुन नसके पनि पछिल्लो समय केही सुधार आएको उनले बताए ।

जनशक्ति पर्याप्त हुँदा पनि पर्याप्त प्रतिफल आउन नसकेकाबारे उहाँले सचिवलाई मुख्यमन्त्री कँडेलले गरे । “पहिला जनशक्ति पर्याप्त थिएन भनेर काम रोकिन्थे तर अहिले पर्याप्त जनशक्ति हुँदा पनि किन अपेक्षित परिणाम आउन सकेन ? समीक्षा गर्नैपर्छ”, उनले भने, “हामीले साउनदेखि मेहनत गरिरहे पनि उल्लेख्य प्रतिफल प्राप्त गर्न सकेका छैनौँ । सुशासन र बजेट कार्यान्वयनमा प्रभावकारी नतिजा आउने गरी मन्त्री तथा सचिवहरूको ध्यानाकर्षण गराउँछु ।”

आफ्ना विषयगत मन्त्रालयको काममा चिठी मात्र पठाएर ढुक्कसँग बस्ने परम्पराले कतिपय काम अलपत्र परेको बताउँदै उहाँले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटप्रति केन्द्रित हुन र परम्परागतभन्दा जनताले अनुभूति हुनेगरी बजेटको तयारी गर्न मन्त्रीहरुलाई निर्देशन दिए। अनुशासनको नाम काम अड्काएर राख्ने नभई स्थिति बसाल्ने र मन्त्रालयले निकास निकाल्नेगरी काम गर्नसमेत मुख्यमन्त्री कँडेलले मन्त्री तथा सचिवहरूलाई सुझाए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेस प्रदेशको खानेपानी समस्या समाधानका लागि साझा जिम्मेवारी आवश्यक छ : मन्त्री यादव
२०८२ श्रावण ९, शुक्रबार
गाजामा विश्वकै ‘सबैभन्दा’ खराब मानवीय अवस्था छः अस्ट्रेलियाली प्रधानमन्त्री
२०८२ श्रावण ९, शुक्रबार
अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा दायर
२०८२ श्रावण ९, शुक्रबार
संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धको चेतावनीबिच इरानले युरोपेली शक्तिसँग भेट गर्ने
२०८२ श्रावण ९, शुक्रबार
भारतीय प्रधानमन्त्री मोदी माल्दिभ्समा, राष्ट्रपति मुइज्जु र अन्य वरिष्ठ नेताहरूद्वारा स्वागत
२०८२ श्रावण ९, शुक्रबार
विश्व एक्वेटिक्समा चार पौडी खेलाडी
२०८२ श्रावण ९, शुक्रबार
सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार : मुख्यमन्त्री आचार्य
२०८२ श्रावण ९, शुक्रबार