श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

भारतका विद्युतमन्त्री खट्टर नेपाल आइपुगे

भारतीय लगानीमा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउस तथा बाँध क्षेत्रको अवलोकन गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भारतका ऊर्जा, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर आज नेपाल आएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा उनी आज बिहान दुई दिने भ्रमणका लागि नेपाल आएका हुन् ।

ऊर्जामन्त्री खट्टरले आज दिउँसो भारत सरकारको सहयोगमा निर्माण सम्पन्न कोशी कोरिडोर २२० केभी प्रसारण लाइन अन्तर्गत इनरुवा–वसन्तपुर–बानेश्वर–तुम्लिङटार प्रसारण लाइन तथा २२०/१३३/३३ केभी तुम्लिङटार सबस्टेसन, २२०/३३ केभी बानेश्वर सबस्टेसन र २२०/१३३/३३ केभी वसन्तपुर सबस्टेसनको संयुक्त रूपमा सङ्खुवासभाको तुम्लिङटार सबस्टेसनमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

उनले आजै भारतीय लगानीमा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउस तथा बाँध क्षेत्रको अवलोकन गर्ने कार्यक्रम छ। सोही दिन दुई देशले संयुक्त रूपमा निर्माण गर्न लागेको प्रसारण लाइन निर्माणका लागि स्थापना गरिएको कम्पनीको सम्झौतापत्रमा हस्ताक्षर हुने मन्त्री खड्काको निजी सचिवालयले जनाएको छ।

आज नै मन्त्रीद्वयको उपस्थितिमा नेपाल विद्युत् प्राधिकरण र भारतको पावर ग्रिड कर्पोरेसन इन्डियाबिच दुई अन्तर्देशीय प्रशारणलाइन निर्माणका लागि समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार ४०० केभी क्षमताका दोधारा (लुम्की) बरेली र इनरुवा–पूर्णिया अन्तर्देशीय प्रसारणलाइन निर्माणका लागि समझदारीपत्रमा हस्ताक्षर हुनेछ।

भोलि खट्टर मुस्ताङको मुक्तिनाथ क्षेत्रको अवलोकन भ्रमण गर्ने कार्यक्रम छ। भोलि नै उनले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ।  विद्युत्मन्त्री खट्टरले सोही दिन साँझ पशुपतिनाथको दर्शन गर्नेछन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेस प्रदेशको खानेपानी समस्या समाधानका लागि साझा जिम्मेवारी आवश्यक छ : मन्त्री यादव
२०८२ श्रावण ९, शुक्रबार
गाजामा विश्वकै ‘सबैभन्दा’ खराब मानवीय अवस्था छः अस्ट्रेलियाली प्रधानमन्त्री
२०८२ श्रावण ९, शुक्रबार
अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा दायर
२०८२ श्रावण ९, शुक्रबार
संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धको चेतावनीबिच इरानले युरोपेली शक्तिसँग भेट गर्ने
२०८२ श्रावण ९, शुक्रबार
भारतीय प्रधानमन्त्री मोदी माल्दिभ्समा, राष्ट्रपति मुइज्जु र अन्य वरिष्ठ नेताहरूद्वारा स्वागत
२०८२ श्रावण ९, शुक्रबार
विश्व एक्वेटिक्समा चार पौडी खेलाडी
२०८२ श्रावण ९, शुक्रबार
सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार : मुख्यमन्त्री आचार्य
२०८२ श्रावण ९, शुक्रबार