असार २२, २०८२ आइतबार July 6, 2025

युक्रेनसँग प्रत्यक्ष वार्ता गर्न रुसी राष्ट्रपति पुटिन तयार

ट्रम्पको पछिल्लो धम्कीपछि अमेरिका, युरोपेली र युक्रेनी अधिकारीहरू यस हप्ता लन्डनमा भेट्ने तयारीमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युद्धको प्रारम्भिक चरणपछि पहिलो पटक युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँग द्विपक्षीय वार्ता गर्न तयार रहेको संकेत गरेका छन् ।

सोमवार रुसी सरकारी टिभीसँग कुरा गर्दै राष्ट्रपति पुटिनले रुसले कुनै पनि शान्ति पहललाई सधैँ सकारात्मक रूपमा हेरेको र युक्रेनका प्रतिनिधिहरूले पनि त्यस्तै महसूस गर्ने आशा गरेको बताएको बीबीसीले जनाएको छ ।

पत्रकारहरूसँग कुरा गर्दै पुटिनले नागरिक पूर्वाधारविरुद्धको आक्रमण रोक्ने विषयमा युक्रेनसँग सीधै छलफल गर्न सम्भव हुनसक्ने उल्लेख गरे ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले पुटिनको टिप्पणीको प्रत्यक्ष प्रतिक्रिया नदिएको तर नागरिकको सुरक्षा सुनिश्चित गर्ने कुनै पनि वार्ताका लागि तयार रहेको बताएको खबरमा उल्लेख छ ।

सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमा पूर्ण–स्तरीय आक्रमण शुरू गरेपछिका शुरुआती हप्तादेखि दुई पक्षबीच प्रत्यक्ष वार्ता भएको छैन ।

यस हप्ताको शुरूमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच शान्तिवार्तामा कुनै प्रगति नभएमा अमेरिका मध्यस्थताबाट बाहिरिने धम्की दिएका थिए ।

ट्रम्पको यो धम्कीपछि अमेरिका, युरोपेली र युक्रेनी अधिकारीहरू यस हप्ता लन्डनमा भेट्ने तयारीमा छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार