असार २४, २०८२ मंगलबार July 8, 2025

एमाले पार्टी र नेतृत्वका विरुद्ध चौतर्फी हमला भइरहेको छ : महासचिव पोखरेल

पार्टीका आधिकारिक सूचनालाई सम्प्रेणण गरेर यो चुनौतीको सामना गनु नेता कार्यकर्तालाई आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टी र नेतृत्वका विरुद्ध चौतर्फी हमला भइरहेको बताएका छन् ।

नेकपा स्थापनाको ७६ औं वर्ष प्रवेशको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा महासचिव पोखरेलले एमालेका विरुद्ध सामाजिक सञ्जालका माध्यमबाट नकारात्मकता फैलाउने प्रयास भइरहेको बताएका हुन् ।

महासचिव पोखरेलले भने, ‘हाम्रो पार्टी र नेतृत्वका विरुद्ध चौतर्फी हमला भइरहेको अवस्थामा हामी छौं । सामाजिक सञ्जालका माध्यमबाट नकारात्मकता फैलाउने प्रयास भइरहेको छ ।’

उनले पार्टीका आधिकारिक सूचनालाई सम्प्रेणण गरेर यो चुनौतीको सामना गनु नेता कार्यकर्तालाई आग्रह गरेका छन् । उनले भने, ‘मलाई लाग्छ हाम्रो पार्टीपंक्ति एकताबद्ध रुपमा पार्टीका सहि सूचनालाई सम्प्रेषण गर्ने काम गर्‍यौं भने सहजै रुपमा चुनौती सामना गर्न सक्छौं ।’

महासचिव पोखरेलले दलहरूमाथि प्रतिबन्ध लागेको अवस्थामा समेत नेपालमा कम्युनिष्ट पार्टीका नेताहरूले देशभित्रै लोकतन्त्रको लागि निरन्तर आन्दोलन गरेको स्मरण गरे । नेपाल कम्युनिष्ट पार्टीको निरन्तरताको रूपमा नेकपा एमाले देशको अग्रणी पार्टी भएको उनको भनाइ छ ।

‘नेपालको प्रजातान्त्रिक आन्दोलनमा हाम्रो पार्टीले अगाडि सारेका मान्यता सही साबित भएका छन्, ती मान्यताले नेपालको लोकतान्त्रिक आन्दोलनलाई बाटो देखाउने काम गरेका छन्’, पोखरेलले भने ।

संसदीय व्यवस्था विकृत भएको बेलामा पनि त्यसलाई सही बाटोमा ल्याउने नेकपा एमालेले काम गरेको उनको जिकिर छ । पोखरेलले नेपाललाई समाजवादी बाटोमा अघि बढाउने सिलसिलामा पनि एमालेको भूमिका उल्लेख्य रहेको प्रष्ट्याए ।

समृद्ध नेपाल सुखी नेपालीको आकाङ्क्षालाई अघि बढाउने कुरामा नेकपा एमाले प्रतिबद्ध रहेको उनले बताए ।

यतिबेला राजावादीको नाममा पूर्वमण्डलेहरूले आक्रमण गरिरहेकाे भन्दै उनले त्यसलाई उजागर गर्नु सबैको कर्तव्य हुने बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार