असार २२, २०८२ आइतबार July 6, 2025

आतंकवादी समुहद्दारा जम्मु काश्मिरमा २६ पर्यटकको गोली हानी हत्या

मृत्यु हुनेमा एक इटाली र एक इजरायलका पर्यटक छन् भने दुई जना स्थानीय नागरिकसमेत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नयाँ दिल्ली, ९ बैशाख । जम्मू कश्मीरको पहलगाममा मंगलबार दिउँसो भएको आतंकवादी हमलामा दुई विदेशी पर्यटकसहित २६ जनाभन्दा बढीको मृत्यु भएको छ।

घटना बैसरण उपत्यकाको हो । यो पहलगाम शहरबाट ६ किलोमिटर टाढा रहेको छ।

मिडिया रिपोर्टका अनुसार आतंककारीहरूले पहिले छुट्टी मनाउन आएका पर्यटकहरूको नाम सोधेका थिए र त्यसपछि उनीहरू धमाधम गोली हानेर भागेका थिए । लश्कर ए तैयबाले सो आक्रमणको जिम्मेवारी लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मृत्यु हुनेमा एक इटाली र एक इजरायलका पर्यटक छन् भने दुई जना स्थानीय नागरिकसमेत रहेका छन् । जम्मु काश्मिरमा मारिनेमा बाँकी पर्यटकहरू गुजरात, महाराष्ट्र, कर्नाटक, तमिलनाडु र ओडिशाको रहेको खुलेको छ।

आतंककारीहरूले पर्यटकहरू घोडामा सवार हुँदा आक्रमण गरेका थिए। बैसरण उपत्यका घना पाइन वनले घेरिएको छ। यसलाई मिनी स्विट्जरल्याण्ड भनेर चिनिने गरिन्छ।

पीडितहरूका अनुसार ती आतंककारीको सानो समुहले पहिले पर्यटकको नाम, ठेगाना सोधेका थिए र त्यसपछि धमाधम गोली बर्साउन थाले । त्यसपछि वरपर रहेका अन्य पर्यटकलाई गोली हानेर भागेका थिए । सेना र प्रहरीको वर्दीमा रहेका आतंककारीको संख्या तीन देखि चार जना रहेको बताइएको छ । ती सबैसँग एके–४७ र अन्य हतियार साथ थिए।

अहिले पूरै क्षेत्रलाई १५ मुख्य बिन्दुबाट घेराबन्दी गरिएको छ। आतंककारीहरुको खोजी गर्न खोजी कुकुर, ड्रोन र हेलिकप्टरको निरन्तर प्रयोग भइरहेको जम्मु काश्मिर प्रहरीले जनाएको छ । जसअनुसार सीआरपीएफ, बीएसएफ र सेनासहित जम्मू कश्मीर पुलिसले सम्पूर्ण क्षेत्रमा ठूलो मात्रामा खोज अभियान सुरु गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

सो घटना लगत्तै गृहमन्त्री अमित शाह त्यहाँको स्थितिको जानकारी लिन श्रीनगर पुगेका छन्। अमित शाहले जम्मू कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लासँग श्रीनगरमा हिजो राती नै उच्चस्तरीय बैठक गरेका थिए, सो  बैठकमा एलजी मनोज सिन्हासहित धेरै पदाधिकारीहरुको उपस्थिति रहेको जनाइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार