असार २२, २०८२ आइतबार July 6, 2025

कश्मिर घटना भारतको घरेलु आतंकवाद हो : पाकिस्तान

घटनामा पाकिस्तानको नाम लिएर भारतीय सत्ता उम्किने गरेको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । भारत शासित जम्मु कश्मिरमा भएको आतंकी हमलामा पाकिस्तानमाथि आरोपित गर्ने भारतीय प्रयासको इस्लामावादले कडा शब्दमा आपत्ति जनाएको छ ।

पाकिस्तानी रक्षामन्त्री खवाजा आसिफले २६ जनाभन्दा बढी हिन्दूको छानीछानी गरिएको हत्याको घटनाको निन्दा गर्दै यस्ता रक्तपातपूर्ण आतंकी हर्कतको पाकिस्तानले सधैं घृणा गर्ने बताएका छन् ।

पाकिस्तानले पहलगाममा भएको आक्रमण भारतको ‘होम ग्रन’ हिंसा भन्दै भारतभित्रकै असन्तुष्ट विद्रोहीहरुले मच्चाएको हर्कत भनेको छ । स्थानीय टेलिभिजनलाई दिएको अन्तर्वार्तामा रक्षामन्त्री आसिफले उक्त घटनामा पाकिस्तानको कुनै सम्बन्ध नरहेको समेत प्रष्ट पारेका छन् ।

भारतले आफ्ना नागरिकमाथि विभिन्न ढंगले सेना प्रहरीमार्फत दमन गर्ने र ती नागरिकले विद्रोह गरेर उत्पन्न हुने घटनामा पाकिस्तानको नाम लिएर भारतीय सत्ता उम्किने गरेको आरोप समेत उनले लगाए । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार