श्रावण ८, २०८२ बिहिबार July 24, 2025

कामको प्रकृति अनुसार श्रमिकको न्युनतम ज्याला तोक्नु पर्छ : श्रम मन्त्री

न्युन्तम पारिश्रमकि तोक्दा रोजगारदाता र श्रमिकलाई दुवैलाई अप्ठयारो नहुने गरी गर्नुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, १० बैशाख । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले कामको प्रकृति अनुसार श्रमिकको न्युन्तम ज्याला हुने पर्ने बताएका छन ।

बुधबार काठमाडौमा नेपालमा प्रभावकारी पारिश्रमिक नीतिहरूको रूपरेखा तयार पार्ने र कार्यान्वयन गर्ने विषयमा आयोजित सचेतना कार्यशालामा बोल्दै मन्त्री भण्डारीले कामको प्रकृति अनुसार तलब सुविधाको प्रकृति हुनु पर्ने उनले बताए ।

उनले रोजगारदाता, श्रमिक, ट्रेड  युनियन सबै सरोकारबालाहरु बीच गहन छलफल गरी श्रमिकहरुको न्यून्तम ज्याला र सुविधा सम्बन्धमा एउटा ठोस सुत्रको खोजी गरी सहमत हुन सके सबैको लागि उत्तम हुने बताए ।

यसका लागि सरकार सहजीकरण गर्न तयार रहेको बताउँदै श्रमिकको हितमा के के गर्न सकिन्छ त्यसका लागि काम गनुपर्नेमा जोड पनि दिए ।

उनले श्रमिकहरुको ज्यालाको सम्बन्धमा त्यसका आधारहरु, मापदण्ड सहितका सुत्र निर्माण गर्नुपर्नेमा ढिला गर्न नहुने बताए ।

त्यसै उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले न्युन्तम पारिश्रमकि तोक्दा रोजगारदाता र श्रमिकलाई दुवैलाई अप्ठयारो नहुने गरी गर्नुपर्नेमा जोड दिए ।

ट्रेड युनियनका तर्फबाट जेटियुसीसीका महासचिव इन्द्रदेव मिश्रले निजी र सरकारी दुवै क्षेत्रका कामदारका लागि बराबर न्युन्तम ज्याला तोक्नु पर्ने बताउँदै रोजगारदाताले फराकिलो हृदय गर्न सके यो बिषय कठिन नरहेको बताए ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय  र अन्तर्राष्ट्रिय श्रम संगठनको संयुक्त आयोजनामा आयोजित कार्यशालामा सरोकारवालाहरुबिच न्युनतम पारिश्रमिकबारे गहन छलफल सुरु भएको छ । उक्त कार्यशाला दुई दिन सम्म चल्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति पौडेलसँग ज्येष्ठ राष्ट्रिय नागरिक महासंघका प्रतिनिधि मण्डलको भेट
२०८२ श्रावण ८, बिहिबार
आन्दोलन गरेपछि मात्रै सुनुवाइ हुने स्थिति अन्त्य हुनुपर्छ : सभामुख घिमिरे
२०८२ श्रावण ८, बिहिबार
नाइजेरियामा सेनाको कारबाहीमा ९५ डाकुको मृत्यु
२०८२ श्रावण ८, बिहिबार
बिपी कोइरालाको आर्थिक नीति समृद्धि बाँड्ने होः प्रवक्ता महत
२०८२ श्रावण ८, बिहिबार
हवाई सेवा प्राधिकरण विधेयकः सांसदद्वारा संरचना र सुरक्षामा सुझाव
२०८२ श्रावण ८, बिहिबार
काभा पुरुष क्लब भलिबलमा हेल्प नेपालले कांस्य पदक जित्यो
२०८२ श्रावण ८, बिहिबार
द्वन्द्वका कारण थाइल्यान्डद्वारा कम्बोडियासँगको सीमा बन्द
२०८२ श्रावण ८, बिहिबार