श्रावण ८, २०८२ बिहिबार July 24, 2025

पत्रकार मिश्रमाथि भएको दुव्र्यवहारप्रति महासङ्घको ध्यानाकर्षण

दोषीलाई दहैसम्म कारवाही गर्न माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, वैशाख १० गते । राष्ट्रिय समाचार समिति (रासस) का समाचारदाता एवं नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखाका वरिष्ठ उपाध्यक्ष पूर्णप्रसाद मिश्रमाथि समाचार सङ्कलनका क्रममा भएको दुव्र्यबहारप्रति महासङ्घ रासस प्रतिष्ठान शाखाले भत्र्सना गरेको छ ।

प्रतिष्ठान शाखाले यही वैशाख ९ गते कागेश्वरी मनोहरामा सार्वजनिक सडकको तस्बिर लिने क्रममा निर्माण व्यवसायीसम्बद्ध व्यक्तिले राससका पत्रकार मिश्रलाई धाकधम्कीसहित गालिगलोज गरेको घटनाप्रति खेद व्यक्त गर्दै दोषीलाई दहैसम्म कारवाही गर्न माग गरेको छ ।

रासस प्रतिष्ठान शाखाका अध्यक्ष कृष्णप्रसाद सापकोटाद्वारा आज जारी विज्ञप्तिमा, “पत्रकार मिश्रलाई यही वैशाख ९ गते मङ्गलबार दिउँसो कोलमोतेश्वर कागेश्वरी मनोहरा नगरपालिका-४ स्थित निर्माणाधीन सार्वजनिक सडकको तस्बिर लिने क्रममा निर्माण व्यवसायी सङ्घको प्रतिनिधि बताउने एक व्यक्तिले हस्तक्षेप गरी धाकधम्की दिएको तथा सङ्कलित तस्बिर हटाउन दबाब दिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको छ”, भनिएको छ ।

उक्त घटनाबाट पत्रकार मिश्रको मात्र नभई सम्पूर्ण पत्रकारहरूको मनोवैज्ञानिक र भावनात्मकरुपमा असर पुग्ने निष्कर्ष रहेको उल्लेख गर्दै प्रतिष्ठान शाखाका अध्यक्ष सापकोटाले समाचार सङ्कलन तथा सम्प्रेणषमा खटिने पत्रकारलाई सुरक्षा दिँदै मनोबल बढाउनेतर्फ सरोकार भएका निकायको ध्यानाकर्षण गर्नुभएको छ ।

महासङ्घले देश र जनताका पक्षमा अहोरात्र काम गरिरहेको श्रमजीवी सञ्चारकर्मीमाथि हुने यसकिसिमका दुव्र्यबहार एवं ज्यादतिका कारण सुरक्षा चुनौती थपएिको र नागरिकको अभिव्यक्ति तथा सूचनाको हकसम्बन्धी अधिकार हनन भएको निष्कर्षसहित आपत्ति व्यक्त गरेको छ । आमसञ्चारकर्मीमाथि हुने कुनै पनि प्रकारका दुव्र्यवहार अन्त्य गर्न र अभिव्यक्ति तथा सूचनाको हकमाथिको अधिकार सङ्कुचन हुन नदिन सम्बद्ध निकायको ध्यानाकर्षण गर्दैै पत्रकार मिश्रमाथि भएको घटनाको सत्यतथ्य छानविन गरी दोषिलाई कानुनबमोजिम कारवाही गर्न अध्यक्ष सापकोटाले जोडदार माग गर्नुभएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति पौडेलसँग ज्येष्ठ राष्ट्रिय नागरिक महासंघका प्रतिनिधि मण्डलको भेट
२०८२ श्रावण ८, बिहिबार
आन्दोलन गरेपछि मात्रै सुनुवाइ हुने स्थिति अन्त्य हुनुपर्छ : सभामुख घिमिरे
२०८२ श्रावण ८, बिहिबार
नाइजेरियामा सेनाको कारबाहीमा ९५ डाकुको मृत्यु
२०८२ श्रावण ८, बिहिबार
बिपी कोइरालाको आर्थिक नीति समृद्धि बाँड्ने होः प्रवक्ता महत
२०८२ श्रावण ८, बिहिबार
हवाई सेवा प्राधिकरण विधेयकः सांसदद्वारा संरचना र सुरक्षामा सुझाव
२०८२ श्रावण ८, बिहिबार
काभा पुरुष क्लब भलिबलमा हेल्प नेपालले कांस्य पदक जित्यो
२०८२ श्रावण ८, बिहिबार
द्वन्द्वका कारण थाइल्यान्डद्वारा कम्बोडियासँगको सीमा बन्द
२०८२ श्रावण ८, बिहिबार