काठमाण्डाैंः नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित प्रेस व्रिफिङ्गका क्रममा प्रवक्ता प्राडा. जागेश्वर गौतमले देशभर गरिएको पीसीआर परीक्षणमा ४ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।
पछिल्लो अपडेटसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ । त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या ८ हजार १९३ जना रहेका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ सय २४ जना संक्रमित निको भएका छन् भने हालसम्म नेपालमा १७ हजार २ सय १ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।
विगत २४ घण्टामा ११ हजार ४४७ को पिसिआर परीक्षण भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १०२ पुगेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया