काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक बस्दैछ । बैठक आज दिउँसो २ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने भएको हो ।
बैठकमा संसद्को आगामी अधिवेशनबारे छलफल हुने रास्वपाका प्रवक्ता मनीष झाले जानकारी दिए । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदन वैशाख १२ गतेदेखि बस्ने गरी आह्वान गरिसकेका छन् ।
त्यस्तै रास्वपाको वैशाख ४ गतेको केन्द्रीय समितिको बैठकको निर्णयको सन्दर्भमा पनि छलफल हुने बुझिएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया