असार २४, २०८२ मंगलबार July 8, 2025

क्रियाशील सदस्यबाट सभापति निर्वाचित गर्ने प्रक्रियामा कांग्रेसलाई लैजानुपर्छ : महामन्त्री थापा

विगतमा राजा नै राजावादी नभएका कारणले नेपालबाट राजतन्त्रको अन्त्य भएको उल्लेख

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ११ वैशाखः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीका क्रियाशील सदस्यले पार्टी सभापति निर्वाचित गर्ने प्रक्रियामा पार्टीलाई लैजानुपर्ने बताउनुभएको छ ।

लोकतन्त्र दिवसका अवसरमा लोकतन्त्र संवाद केन्द्रले आज यहाँ आयोजना गरेको ‘आजको लोकतन्त्र अवसर र चुनौती’ विषयक संवाद कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले पार्टीलाई रुपान्तरण गर्न अब सदस्यबीच यस्तो बहस आवश्यक रहेको बताउनुभयो ।

पार्टीका नेतामा गुटप्रतिको बफादारिता बढेका कारण यस्तो व्यवस्थाले पार्टीप्रति बफादार हुने महामन्त्री थापाको भनाइ थियो । गुटका कारण नेतृत्वको ध्यान राष्ट्रिय समस्या समाधानतर्फ जान नसकेकाले पार्टी सभापति क्रियाशील सदस्यले छान्ने व्यवस्थामा पार्टी जानुपर्नेमा उहाँले जोड दिनुभएको हो ।

विगतमा राजा नै राजावादी नभएका कारणले नेपालबाट राजतन्त्रको अन्त्य भएको उल्लेख गर्दै उहाँले अब नेपालमा राजतन्त्र फर्कने सम्भावना नरहेको बताउनुभयो । मुलुकको शीर्ष नेतृत्व वैधानिक भए पनि वैध नभएकाले नागरिकमा असन्तुष्टि बढेको उल्लेख गर्नुहुँदै वैध नेतृत्व ल्याउन सबैको सहयोग हुनुपर्ने उहाँको विचार थियो ।

शिक्षकका समस्या समाधान गर्न सरकार उदार भएर गर्न सक्ने माग पूरा गर्नुपर्नेमा महामन्त्री थापाको जोड थियो । कांग्रेसको नेतृत्मा मुलुकमा राजनीतिक परिवर्तन भई संविधान जारी भएको उल्लेख गर्नुहुँदै उहाँले देखिएका समस्या समाधानमा समाजले कांग्रेसकै भूमिका खोजिरहेको बताउनुभयो ।

कांग्रेस सहममहामन्त्री जीवन परियारले पार्टीभित्र नीति, सिद्धान्तका बारेमा बहस चलाउनुपर्नेमा जोड दिनुभयो । लामो बहस र छलफलबाट बन्ने नीति, नियम एवं कानुन नै व्यावहारिक हुने भएकाले यसमा सबैको ध्यान जानुपर्ने उहाँको भनाइ थियो ।

पार्टीका सहमहामन्त्री उमाकान्त चौधरीले मधेसमा कांग्रेस किन कमजोर भयो भन्ने कुराको खोजी गरिनुपर्ने बताउनुभयो । वर्तमान सरकार सुशासन र संविधान संशोधनकै लागि गठन भएकाले यसमा ठोस काम हुने बताउनुभयो । सहमहामन्त्री महालक्ष्मी डीना उपाध्यायले नागरिकका विचारसँग कांग्रेसका विचार मेल खायो कि खाएन भनी विश्लेषण गर्ने समय आएको बताउनुभयो । लोकतन्त्र दिवसका अवसरमा पार्टीले यसको सही मूल्याङ्कन गरिनुपर्नेमा उहाँको जोड थियो ।

राजनीतिक विश्लेषक हरि शर्माले कांग्रेस बलियो बनाउन यसका हरेक सदस्यले आफू क्रियाशील रहेको तहका नेतृत्वलाई प्रश्न गर्नुपर्ने बताउनुभयो । सबैको कुरा सुनेर आफू निर्णय गर्न सक्ने नेतृत्वको आवश्यकता कांग्रेसमा रहेको उहाँको भनाइ थियो । कार्यक्रममा संवाद केन्द्रका अध्यक्ष नारायणप्रसाद भट्टराई, सदस्य जनकराज गिरी र डा लता घिमिरेलगायतले लोकतन्त्र स्थापना भएको १९ वर्ष पुगिसक्दा पनि नागरिकले गरेका आशा पूरा नभएकाले नेतृत्व सच्चिनुपर्नेमा जोड दिनुभएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार