श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न युवाले देश बनाउने सङ्कल्प गर्नुपर्छ : प्रधानमन्त्री

निरंकुश व्यवस्थाका कारण देश लामो समय अन्धकारको युगमा गुज्रिएको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अस्थिरता, अराजकता र पश्चगमनलाई अस्वीकार गर्दै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न युवाले सङ्कल्प र शक्ति देखाउनुपर्ने बताउनुभएको छ ।

नेकपा (एमाले)द्वारा लोकतन्त्र दिवसका अवसरमा आज भृकुटीमण्डपमा आयोजित युुवा उत्सव (युुथ सेलिब्रेसन) कार्यक्रममा प्रधानमन्त्री ओलीले जनताको बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रात्मक उपलब्धिको रक्षा गर्दै युवा अघि बढ्नुपर्ने र युवाले देश बनाउने सङ्कल्प गरी त्यसलाई साकार पार्नुपर्ने बताउनुभएको हो ।

“देशमा अराजकता मच्चाउने र विभाजन गर्ने तत्वसँग सचेत हुनुपर्छ, नेपाल महान् नेपाल हो, नेपाली जनता महान् जनता हुन् । महान् नेपालका नेपाली युवा त्यसअनुसार अघि बढ्नेछन् । ढुक्क हुनुुस्, यसको नेतृत्व एमालेले बाटो नबिराइ गर्नेछ”, प्रधानमन्त्री ओलीले भन्नुुभयो, “वैैशाख ११ गते निरङ्कुश राजतन्त्र पराजित र लोकतन्त्रले जितेको दिन हो । यो दिनलाई उत्सवका रूपमा मनाउनुपर्छ ।

निरंकुश व्यवस्थाका कारण देश लामो समय अन्धकारको युगमा गुज्रिएको थियो । हामीले अनेक कठिनाइ झेलेर सङ्घर्ष गर्दै देशलाई अहिलेको अवस्थामा ल्याएका हौँ । सामन्ती व्यवस्थालाई पुनःफर्काउन खोज्ने भन्दै व्यक्तिका घर, पार्टी कार्यालय र सञ्चार संस्थामा तोडफोड गर्ने र व्यक्तिलाई जिउँदै आगो लगाउनेजस्ता जङ्गली र राक्षसी प्रकृति गलत हो । यस्ता कार्य सह्य हुँदैनन ।”

एमालेको राष्ट्रवादी अडान र दृष्टिकोणका कारणले राष्ट्र विरोधी तत्वहरू एमालेविरुद्ध खनिएका उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यस्ता शक्तिले एमालेविरुद्ध हरेक दिन भ्रम फिजाउने कार्य गरेको टिप्पणी गर्नुभयो । एमाले र कांग्रेसको सरकार देशमा स्थिरता दिने गरी एउटा लक्ष्यका साथ बनेको स्पष्ट गर्दै उहाँले आफ्नो पार्टीले सरकारतिर नभई चुनावतिर ध्यान दिइरहेको बताउनुुभयो ।

युवालाई भड्काउने अनेक प्रयास भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले केही व्यक्तिलाई सामाजिक सञ्जालमा प्रयोग गरेर देशभरका नागरिकलाई भड्काउने प्रयास भएकामा यसतर्फ सचेत हुनुपर्ने बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति पौडेलसँग ज्येष्ठ राष्ट्रिय नागरिक महासंघका प्रतिनिधि मण्डलको भेट
२०८२ श्रावण ८, बिहिबार
आन्दोलन गरेपछि मात्रै सुनुवाइ हुने स्थिति अन्त्य हुनुपर्छ : सभामुख घिमिरे
२०८२ श्रावण ८, बिहिबार
नाइजेरियामा सेनाको कारबाहीमा ९५ डाकुको मृत्यु
२०८२ श्रावण ८, बिहिबार
बिपी कोइरालाको आर्थिक नीति समृद्धि बाँड्ने होः प्रवक्ता महत
२०८२ श्रावण ८, बिहिबार
हवाई सेवा प्राधिकरण विधेयकः सांसदद्वारा संरचना र सुरक्षामा सुझाव
२०८२ श्रावण ८, बिहिबार
काभा पुरुष क्लब भलिबलमा हेल्प नेपालले कांस्य पदक जित्यो
२०८२ श्रावण ८, बिहिबार
द्वन्द्वका कारण थाइल्यान्डद्वारा कम्बोडियासँगको सीमा बन्द
२०८२ श्रावण ८, बिहिबार