काठमाण्डौंः राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसइई)का लागि रजिस्ट्रेसन फाराम भर्न आवेदन खुला गरेको छ ।
शैक्षिक सत्र २०८२ मा एसइई परीक्षामा समावेश हुनका लागि रजिस्ट्रेसन आवेदन खुला गरिएको हो । आजदेखि जेठ ११ गतेसम्म आवेदन दिन सकिने छ ।
जेठ १२ गते सम्म फाराम भर्दा तीन सय रुपैयाँ राजश्व बुझाउनुपर्ने छ भने दोब्बर दस्तुरमा ६ सय रुपैयाँ तोकिएको छ । दोब्बर दस्तुरका लागि जेठ १८ गतेसम्मको समय तोकिएको छ ।
सूचना हेर्नुहोस् :
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया