असार २२, २०८२ आइतबार July 6, 2025

मस्को नजिक कार बम विस्फोटमा रुसी उच्च सैनिक अधिकारीको मृत्यु

बम विस्फोटमा वरिष्ठ रुसी सैन्य अधिकारीको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । एक शक्तिशाली कार बम विस्फोटमा रूसी सशस्त्र बलका उच्चस्तरीय अधिकारी लेफ्टिनेन्ट जनरल यारोस्लाभ मोस्कालिक को ज्यान गएको छ। रूसी आपराधिक अनुसन्धान एजेन्सीका अनुसार उनी रूसी सेनाको जनरल स्टाफमा मुख्य परिचालन विभागका उपप्रमुख थिए।

घटना मस्को बाहिरको बालाशिखा क्षेत्रमा भएको बताइएको छ। मोस्कालिक सवार कारमा पूर्वनियोजित रूपमा राखिएको विस्फोटक उपकरण विस्फोट भएपछि उनको घटनास्थलमै मृत्यु भएको हो।

रूसी संघीय अनुसन्धान समितिकी प्रवक्ता स्वेतलाना पेत्रेन्को का अनुसार, विस्फोटक उपकरणमा छर्राका गोलीहरू समेत प्रयोग गरिएका थिए जसले आक्रमणको प्रकृति अझै घातक बनाएको थियो।

“अनुसन्धान टोली हाल घटनास्थलमा कार्यरत छन्, घटनाको विस्तृत प्रकृति पत्ता लगाउन विभिन्न प्रविधिगत विधिहरू प्रयोग भइरहेका छन्,” उनले भनिन्।

स्थानीय सञ्चारमाध्यमहरूमा सार्वजनिक भएको भिडियोमा एउटा अपार्टमेन्ट भवनको अगाडि जलिरहेको कार र त्यसबाट निस्केको धुवाँ देखिन्छ। घटनास्थल सुरक्षाकर्मीहरूले घेराबन्दी गरेका छन् र अनुसन्धानका लागि प्राविधिक टोलिहरू परिचालन गरिएका छन्।

हालसम्म कुनै समूह वा व्यक्तिले आक्रमणको जिम्मेवारी लिएको छैन, न त अनुसन्धान समितिले कुनै संभावित संदिग्ध को नाम सार्वजनिक गरेको छ।

सम्भावित संकेत र अन्तर्राष्ट्रिय सन्देश

यो आक्रमण युक्रेनसँगको युद्ध, रूसी भित्रको शक्ति संघर्ष वा अन्य अन्तर्राष्ट्रिय राजनीतिक उद्देश्यसँग सम्बन्धित हुनसक्ने अनुमानहरू गर्न थालिएको छ।

विश्लेषकहरूका अनुसार, यारोस्लाभ मोस्कालिक रूसी सैन्य रणनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका थिए र उनको हत्या रूसी नेतृत्वको आन्तरिक सुरक्षामा ठूलो झट्का हुन सक्छ।

सन् २०२३ यता निरन्तर हमला

रूसमा पछिल्ला केही महिनाहरूमा विभिन्न सुरक्षा अधिकारीहरूलाई लक्षित गरी आक्रमणहरू भइरहेका छन्। मस्को सहर वा नजिकैका क्षेत्रहरूमा भएका घटनाहरूले देशभित्रको सुरक्षा अवस्थामाथि गम्भीर प्रश्नहरू उठाइरहेका छन्। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार